वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
‘महानगर स्वयमसेवक’का लागि आवेदन खुला
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर स्वयमसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ । यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयमसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार वहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूर्ण प्लेटफर्म हो ।
यसमा सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्छ । झाको भनाइ छ ।
महानगरपालिकाको पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधान भन्नुहुन्छ, ‘बाबा कार्यक्रम विद्यालय र वातावरणसँग केन्द्रीत छ । सम्युवा कार्यक्रम समुदायसँग बढी सम्बन्धित छ । यसमा बालबालिका र युवा दुवै अट्टाउँछन् । यो प्लेटफर्ममा पैसा तिरेर प्राप्त गर्न नसकिने कुरा पाइन्छ ।’
स्वयमसेवकका लागि आवेदन दिन तलको लिङ्क क्लिक गर्नुहोस् । त्यसपछि खुल्ने पेजमा माग गरिएका विवरण भर्नुहोस् । https://shorturl.at/dflw0
फाराम भर्नका लागि गुगल डकुमेन्टमा लिङ्क उपलब्ध छ । आफ्नो पूरा नाम थर, स्थायी अस्थायी ठेगाना, रुचि भर्नु पर्छ । यसमा आफू कुन विधामा इच्छुक हो, बाबा या सम्युवामध्ये एउटालाई छान्नुपर्छ । त्यो क्षेत्रमा किन स्वयमसेवक बन्न खोजेको हो, त्यसका बारेमा २ सय शव्द सम्ममा धारणा लेखेर पठाउनुपर्छ । यसैगरी वायो डाटा अपलोड गर्नुपर्छ । यो फाराम आउँदो आइतबार (फागुन २० गते) राती ११ बजेर ५९ मिनेटभित्र भर्न सक्नुहुनेछ ।
समय दिन सक्ने आवेदकको अवस्था छनोटको मुख्य आधार हो । यसमा ६० प्रतिशत समय दिन सक्ने स्वयमसेवकलाई प्रमाण पत्र दिइनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App