वि.सं.: २०८३, असर ६ शनिबार
इ.स.: 2026 June 20,SATURDAY
वि.सं.: २०८३, असर ६ शनिबार
२०७२ को भूकम्पले ढालेको गरुढ मूर्ति पुनरुत्थापित
काठमाडौँ । २०७२ सालको भूकम्पले ढालेको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति प्रतिरुत्थापित गरिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा मूर्तिको आसन र मूर्ति पुनरुस्थापित गरिएको हो । यो काठमाडौँ महानगरपालिका वडा नं. १ मा पर्छ ।
भूकम्पको कम्पनले पोखरी छेउमा रहेको फल्चा भत्कियो । यसले मूर्ति ढालेको थियो । मूर्ति पुनरुस्थापित भयो । अब फल्चा पुनःनिर्माण गराउँछौँ । वडाध्यक्ष भरतलाल श्रेष्ठले भन्नुभयो, ‘परम्परागत हिटी, पोखरी र यससँग सम्बन्धित भौतिक संरचना पुनःस्थापना हाम्रो प्राथमिक काम हो ।’
मूर्ति राखेपछि पोखरीमा गहना थपिएको जस्तै भएको छ । वडा सदस्य शुभरत्न खड्गी भन्नुहुन्छ, ‘काम ठूलो त होइन तर महत्व ठूलो छ ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App