अन्वेषण प्रदर्शनी प्रतियोगितामा ३७ वटा विद्यालय सहभागी : विजेतालाई नगदसहित पुरस्कार

काठमाडौँ । काठमाडौँको राष्ट्रिय सभा गृहमा अनुसन्धान, स्टीम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लव) प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले मंगलबार सामुदायिक विद्यालयहरुमा गएको बर्षसम्मभित्र गठन भएका स्टीम क्लबका विद्यार्थीहरु विच अनुसन्धान तथा अन्वेषणमूलक प्रतिस्पर्धा गराएको हो । गएको शैक्षिक सत्रमा क्लब गठन भएका ४० वटा विद्यालयमध्ये ३७ वटाले प्रतियोगितामा भाग लिएका थिए । 

प्रतियोगिताबाट भक्तविद्याश्रम माध्यमिक विद्यालय (सहरी व्यवस्थापनका लागि स्मार्ट प्रविधि) ले प्रथम स्थान हासिल ग¥यो । यस्तै पञ्चकन्या मा. वि. (पेरिस्कोप), ले दोस्रो, शिवपुरी मा. वि. (फोहोरको दिगो व्यवस्थापन प्रणाली) ले तेस्रो र सरस्वती निकेतन मा. वि. (वातावरणमैत्री भविष्य) ले सान्त्वाना स्थान प्राप्त गरे । यी विजेता विद्यालयहरुलाई महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राशीसहितको प्रमाण पत्र प्रदान गर्नुभयो । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ३० हजार रुपैयाँ प्रदान गरिएको थियो । यसैगरी दोस्रोलाई  २५, १५ र १० हजार रुपैयाँ प्रदान गरिएको थियो । 

पुरस्कार वितरणपछि उपप्रमुख डंगोलले भन्नुभयो, ‘प्रतिस्पर्धीहरुमा आफूले उत्कृष्ट पुरस्कार पाउने अभिलाषा आउनु आत्मविश्वाश हो ।’ प्रदर्शनी अवलोकनपछि आफूले महसुस गरेको कुरा उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘विद्यार्थीहरुले सहरी समस्या समाधानका लागि विज्ञान र प्रविधिजन्य उपाय, कारणको विश्लेषण प्रदर्शनीमा प्रस्तुत गर्नुभयो । आफ्ना सिर्जनाका बारेमा धेरैभन्दा धेरै व्याख्या गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्नुभयो । विगतमा प्रश्नसँग डराउने, बोल्न धकाउने सामुदायिक विद्यालयका बालबालिकामा आएको यो व्यवहारिक ज्ञान हामीले खोजेको नतिजा हो । यसको विकास र विस्तारमा हामी लगानी बढाउँदै लैजानेछौँ ।’

चालु शैक्षिक सत्रमा हामीले ८१ वटा विद्यालयमा क्लव गठन गरेका छौँ । अर्को बर्ष सबै विद्यालयका बिच सिर्जनात्मक प्रतिस्पर्धा आयोजना गर्नेछौँ । कार्यक्रममा शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले धारणा राख्नुभयो । 

प्रतियोगिताका निर्णायकमध्येका एक काठमाडौँ विश्वविद्यालयको स्टीम फ्याकल्टी मेम्बर मदन रिजालले भन्नुभयो, ‘कोठामा सीमित सैद्धान्तिक ज्ञान व्यवहारमा रुपान्तरण भएको पायौँ । व्यवहारिक शिक्षाको लागि यो उदाहरणीय थालनी हो ।’

स्टीम हव स्कूल शिवपुरी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश सुवेदीले, आन्तरिक प्रतियोगिताबाट विजेता विद्यार्थीलाई छानेर ल्याइएको बताउनुभयो । यस्तै रत्नराज्य मा. वि. का विज्ञान शिक्षक मनोज आचार्यले, स्टीम क्लवमा रहन ४३५ जना विद्यार्थीको निवेदन आएकोमा तीमध्ये ३५ जनालाई क्लवमा सहभागी गराइएको बताउनुभयो । विद्यार्थीहरुमा देखिएको क्लवमा आवद्ध हुने चाहनाको उदाहरण हो । उहाँको भनाइ थियो । 


प्रयोगात्मक र सहभागितामुलक सिकाइ पद्धतिबाट विद्यार्र्थीमा विज्ञान तथा प्रविधिका बारेमा जिज्ञासु बनाउन, व्यक्तिगत अभिरुचिको विकास र प्रयोगका लागि मञ्च उपलब्ध गराउन, आविष्कारमुलक सिकाइको प्रवद्र्धन गर्न विद्यालयहरुमा क्लव गठन गरिएको हो । 

 

सम्बन्धित समाचार

Facebook Comments