वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
सुलभ फार्मेसी सञ्चालन निर्देशिका तर्जुमा गर्न आचार्यको संयोजकत्वमा समिति गठन
 
                        काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसी कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा गर्न कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ । कार्यक्रम कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको छलफलपछि समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा वरिष्ठ फर्मासिष्ट बाबुराम हुमागाईँ, संगीता माथेमा, चैन बज्राचार्य, मणि लामा र स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन हुनुहुन्छ । समितिलाई ७ दिनको समय दिइएको छ ।
 छलफलमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत परियारले भन्नुभयो, ‘यस प्रकारका फार्मेसी सञ्चालन गर्न अनेक ढाँचा हुन सक्छन् । यीमध्ये चालु आर्थिक बर्षमा महानगरपालिका आफैँले ५ वटा फार्मेसी सञ्चालन हुने गरी काम गर्नुपर्नेछ । गुणस्तरीय र दिगो कार्यक्रम यसको न्युनतम आधार रेखा हो ।’ उहाँले भन्नुभयो, ‘पहिले नै यस्तो पसल सञ्चालन भइसक्नु पथ्र्यो भएन । कठिन छ तर अहिले थालिएको छ । यो राम्रो कुरा हो भन्ने सबैबाट धारणा व्यक्त भयो । कार्यक्रम कार्यान्वयनको आधार यही हो ।’
छलफलमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत परियारले भन्नुभयो, ‘यस प्रकारका फार्मेसी सञ्चालन गर्न अनेक ढाँचा हुन सक्छन् । यीमध्ये चालु आर्थिक बर्षमा महानगरपालिका आफैँले ५ वटा फार्मेसी सञ्चालन हुने गरी काम गर्नुपर्नेछ । गुणस्तरीय र दिगो कार्यक्रम यसको न्युनतम आधार रेखा हो ।’ उहाँले भन्नुभयो, ‘पहिले नै यस्तो पसल सञ्चालन भइसक्नु पथ्र्यो भएन । कठिन छ तर अहिले थालिएको छ । यो राम्रो कुरा हो भन्ने सबैबाट धारणा व्यक्त भयो । कार्यक्रम कार्यान्वयनको आधार यही हो ।’  
औषधिमा उपभोक्ताहरु ठगिएका छन् । मारमा परेका छन् । उत्पादकदेखि उपभोक्तासम्म पुग्दा ४० प्रतिशतसम्म कमिसनमा जाने गरेको छ । सुपर थोक विक्रेता र थोक विक्रेताले ५ देखि २५ प्रतिशतसम्म र खुद्रा विक्रेताले १६ प्रतिशतसम्म कमिसन लिने चलन छ । छलफलमा वरिष्ठ फर्मासिष्ट बाबुराम हुमागाईँले  विद्यमान औषधिको बजार मूल्यका विषयमा कुरा गर्दै भन्नुभयो, ‘कतिपय औषधिमा कमिसनका अतिरिक्त १० प्रतिशतदेखि २ सय प्रतिशतसम्म बोनस दिएर औषधि विक्री गर्ने गरिएको छ ।’ हुमागाईँकाअनुसार धेरै औषधि खरिद गर्दा नेट रेट भन्ने चलन छ । यो भनेको अंकित खुद्रा मूल्यभन्दा ४ गुणासम्म सस्तो हुन्छ । यसरी हेर्दा उपभोक्ताहरु ३५ रुपैयाँमा पाइने औषधिलाई १५० रुपैयाँसम्म तिरीरहेका छन् ।
विद्यमान औषधिको बजार मूल्यका विषयमा कुरा गर्दै भन्नुभयो, ‘कतिपय औषधिमा कमिसनका अतिरिक्त १० प्रतिशतदेखि २ सय प्रतिशतसम्म बोनस दिएर औषधि विक्री गर्ने गरिएको छ ।’ हुमागाईँकाअनुसार धेरै औषधि खरिद गर्दा नेट रेट भन्ने चलन छ । यो भनेको अंकित खुद्रा मूल्यभन्दा ४ गुणासम्म सस्तो हुन्छ । यसरी हेर्दा उपभोक्ताहरु ३५ रुपैयाँमा पाइने औषधिलाई १५० रुपैयाँसम्म तिरीरहेका छन् । 
कुनै औषधि पसलमा निश्चित कम्पनीका मात्र औषधि पाइन्छन् । कुनैमा प्रेष्क्राइभर (औषधि लेखिदिने डाक्टर) लाई प्रभावमा पारिएको छ । फार्मेसीहरु औषधि विक्रीमा मात्र केन्द्रीत छन् । वैकल्पिक औषधि दिँदा स्वार्थ प्रेरित औषधि दिन्छन् । उनीहरु औषधिको प्रयोगका बारेमा राम्ररी परामर्श गर्दैनन् । यस्ता कारण एकातिर उपभोक्ता औषधिमा ठगिएका छन् भने अर्कोतिर गलत र मात्रा नमिलेको औषधिका कारण नकारात्मक स्वास्थ्य  समस्या सिर्जना हुन थालेका छन् । यसप्रकारको समस्या समाधानका लागि सुलभ औषधि पसल कार्यान्वयनमा ल्याउन अनिवार्य भएको छ । जहाँ गुणस्तर र मूल्य सुनिश्चित हुन्छ । छलफल यही विषयमा केन्द्रीत थियो ।
समस्या सिर्जना हुन थालेका छन् । यसप्रकारको समस्या समाधानका लागि सुलभ औषधि पसल कार्यान्वयनमा ल्याउन अनिवार्य भएको छ । जहाँ गुणस्तर र मूल्य सुनिश्चित हुन्छ । छलफल यही विषयमा केन्द्रीत थियो । 
हुमागाईँले प्रस्तुतिकरणमा औषधि सम्बन्धी तथ्याङ्क देखाउँदै, नेपालमा करिब १८ हजार व्राण्डका औषधि आयात हुने गरेको बताउनुभयो । यी औषधि नेपालका १२८ र विदेशी ३५० वटा कम्पनीमा उत्पादन हुने गरेका छन् । नेपालमा वार्षिक करिब ७० अर्बको औषधि खर्च हुने गरेको छ । यसमा नेपाली उद्योगको ५५ प्रतिशत र विदेशी औषधि ४५ प्रतिशत खपत हुने गरेको छ ।
महानगरपालिकाले सुलभ औषधि पसल सञ्चालन गर्न चालु आर्थिक बर्षका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले यसबाट ६ वटा फार्मेसी सञ्चालन योजना रहेको बताउनुभयो ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का सचिवालय सदस्य सुदीप ढकालले, सुलभ फार्मेसी सञ्चालनको उद्देश्य करदातालाई सुलभ मूल्यमा औषधि उपलब्ध गराउने भएको बताउनुभयो । अन्य फार्मेसीका तुलनामा सुलभ फार्मेसीमा मूल्य सस्तो हुन्छ । त्यसमा पनि महानगरबासी र करदातालाई थप छुट सुविधा दिइनेछ । ढकालको भनाइ थियो ।
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                                    
                         Metro Mart
                        Metro Mart
                    
                                    
                         KMC Parking  App
                        KMC Parking  App