वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
९० सालको भूकम्पपछि हराएको ‘ग्वलः दे फल्चा’ खोजेर पुनरुत्थान सुरु
काठमाडौँ । वि. सं. १९९० सालको भूकम्पपछि हराएको जय वागेश्वरी नवाली टोलको ‘ग्वलः दे फल्चा’ खोजेर काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले पुनरुत्थानको काम सुरु गरेको छ । फल्चा पुननिर्माण गर्न आज वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जग पूजा तथा शिलान्यास गर्नुभयो ।
‘घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गर्ने निर्णय गरेका हौँ । शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनःनिर्माण ८७३ मा भएको उल्लेख छ । यसअनुसार फल्चा करिब ३२४ पुरानो हो ।’ संगतले भन्नुभयो, ‘स्थानीय पाका मानिसहरुका अनुसार ९० सालको भूकम्पपछि फल्चा हराएको थियो ।’
पशुपति क्षेत्रलाई पहिले ग्वलः दे (ग्वल देश) भनिन्थ्यो । त्यही नामबाट फल्चाको नाम भएबाट यसको प्राचीनता बुझ्न सकिन्छ ।
फल्चा पुनरुत्थानका लागि वडाले करिब १५ लाख रुपैयाँ खर्च गर्नेछ । फल्चा १४ फिट लम्बाइ र साढ ६ फिट चौडाइको हुनेछ ।
तस्विर : सुजन तिमिल्सिना
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App