वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
इ.स.: 2025 October 30,THRUSDAY
वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
सफाइ सम्बन्धित बर्खे जोखिम घटाउन ठमेलबाट विशेष सरसफाइ सुरु
काठमाडौँ । बर्खा याममा फोहोरका कारण सिर्जना हुन सक्ने जोखिम घटाउन काठमाडौँ महानगरपालिकाले ‘विशेष सरसफाइ’ बाट पूर्व तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताउनुभएको छ । आज वडा नं. २६ को
ठमेल क्षेत्रमा गरिएको विशेष सरसफाइका क्रममा उहाँले यस्तो बताउनुभएको हो । सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन व्रुमरको प्रयोग गरिएको थियो । सडक पखाल्न जेट मेसिनको प्रयोग गरिएको थियो । यस्तै सहभागीहरुले धुलो बढार्ने, पैदल यात्रुले फालेका बस्तु टिप्ने, सतह ढल सफा गरेर माटो निकाल्नेलगायत क्रियाकलाप गर्नुभएको थियो ।
वडा कार्यालय, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, नेपाल प्रहरी, टोल विकास संस्था, क्लव तथा संघसंस्था र स्थानीय सहभागिता सञ्चालन हुने सरसफाइबाट डुबान घटाउन, डेङ्गेलगायत संक्रमण घटाउन मद्दत हुनेछ । उहाँले भन्नुभयो, ‘हामीले सम्भावित जोखिमको पूर्वानुमान गरेका छौँ । यो जोखिमप्रति सर्वसाधारण सबैलाई सचेत गराउनु पर्छ । यो दायित्व पूरा गर्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यो कार्यक्रमलाई अपनत्व ग्रहण गरेर साझेदार र सर्वसाधारणको स्वतःस्फूर्त सहभागिताको अपेक्षा गरेका छौँ ।’
वडा २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, नियमितसँगै विशेष सरसफाइका कार्यक्रम चलाएर
वडा क्षेत्रलाई सुन्दर बनाउन काम गरिने बताउनुभयो । ‘यो ठमेललगायतका पर्यटकीय स्थल, गोङ्गवु आवास क्षेत्रजस्ता आवासीय क्षेत्र, नयाँ बसपार्क जस्ता वाह्य सम्पर्कको पहिलो स्थान भएको वडा हो । वडा क्षेत्रलाई सुन्दर बनाउन नियमित कार्यक्रमसँगै नागरिक सहभागिता चाहिएको छ । यसको संयोजनका लागि काम गरिरहेका छौँ ।’
ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भवी शर्माका अनुसार सञ्चय कोषबाट सुरु भएको सरसफाइ र सचेतनामूलक कार्यक्रम ज्याठा, क्वाबहाल, क्षेत्रपाटी, चाक्सीबारी, पर्यटन मार्ग, सातघुम्ती, भगवती मार्ग हुँदै सुरु भएकै विन्दूमा आएर समापन भएको हो । साइड ड्रेनमा भएको करिब ४ रिक्सा माटो निकालिएको थियो ।
यसप्रकारका सफाइ कार्यक्रममा सहभागी हुनुलाई नागरिकले दायित्व मान्नु सफाइमा सम्लग्न अधिकारीहरुले प्रतिक्रिया दिनुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App