वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
आदेशको पालना, निष्ठा, उत्तम वौद्धिक क्षमता प्रहरीका व्यावसायिक गुण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले, महानगर प्रहरी बलप्रति नागरिकमा विकास भएको विश्वाशलाई बचाउँदै जानु पर्ने बताउनुभएको छ । नगर प्रहरी सिनियर अधिकृतहरुका लागि आयोजना गरिएको
क्षमता विकास तालिममा उहाँले भन्नुभयो, ‘कमाण्डरको विवेकपूर्ण नेतृत्व गर्नुपर्छ । नगर प्रहरीले ‘प्रहरीका आचरण’ प्रति प्रतिवद्ध हुनुपर्छ । गैरअनुशासित कर्मबाट बच्नुपर्छ । कार्यालयले क्षमता विकास गराउँदै कर्मप्रति प्रोत्साहित गर्नुपर्छ । यसले नगर प्रहरी संस्थागत रुपमा परिपक्व हुँदै जान्छ ।’
तालिममा कार्यपत्र प्रस्तुत गर्दै मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले, मानव अधिकारको विषय व्यक्तिसँग जोडिने बताउँदै प्रचलित मूल्य मान्यताप्रति सचेत रहनुपर्ने बताउनुभयो । उहाँको प्रस्तुतिका क्रममा प्रहरी अधिकृतहरुले सडकमा पैदल यात्रीको हिँड्न पाउने पहिलो अधिकार भएकोप्रति आफू सचेत रहेको बताउनुभयो । सडक पेटी व्यवस्थापनका लागि कर्तव्य पालना गर्दा नगर प्रहरीले विभिन्न प्रकारका लाञ्छना खेप्नु परेको अवस्था सुनाउँदै उहाँहरुले यस पक्षलाई मानव अधिकारका कोणबाट कसरी हेर्न सकिएला भन्ने प्रश्न राख्नुभएको थियो ।
जवाफमा सहसचिव सापकोटाले भन्नुभयो, ‘अन्तरसरकार सम्बन्धसँग जोडिएका यस्ता सवाललाई एउटै दृष्टिले मात्र हेरेर पुग्दैन । कानुनी प्रबन्ध, राज्यका दायित्व, यसअन्तर्गतका अभ्यास, नागरिक दायित्व सबै पक्षबाट हेर्नुपर्छ ।’
‘पेशागत जीवनमा थालिएका सबै काम सफल हुँदैनन् । सफल कामका उपलब्धीलाई ग्रहण गर्नुपर्छ । असफल कामबाट सिकाइ गर्नु नै नेतृत्वको भूमिका हो ।’ तालिममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक बलराम चापागाईँ (पीएचडी) ले भन्नुभयो, ‘आम व्यक्तिको चाहना महसुस गरेर आफूलाई स्वतःस्फूर्त परिचालित गराउनु सक्नु नै सफल नेतृत्वको संकेत हो ।’
कार्यशालामा नगर प्रहरी र नागरिक सम्बन्ध, प्रहरीको व्यावसायिक जीवन, दैनिक सम्पादन गरिरहेका काम, कर्तव्य पालना गर्दाका अवसर, सहरी व्यवस्थापनका चुनौती, यस्ता चुनौती सामना गर्न अपनाइएका र अपनाउनु पर्ने रणनीति, नीति र नेतृत्वप्रतिका दायित्वलगायत विषयमा छलफल गरिएको थियो ।
तालिम नगर प्रहरी नायव उपरीक्षक तथा नगर प्रहरी निरीक्षकहरुका लागि आयोजना गरिएको हो ।
तालिममा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षक एवं तालिम संयोजक विष्णुप्रसाद जोशी, नगर प्रहरी उपरीक्षकद्वय दिनेशकुमार अर्याल र मनोजप्रसाद लामिछानेसहितको उपस्थिति थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App