वि.सं.: २०८२, मंसिर ४ बिहीबार
इ.स.: 2025 November 20,THRUSDAY
वि.सं.: २०८२, मंसिर ४ बिहीबार
‘सिप मेला’का लागि महानगरपालिकाले, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघसँग सहकार्य गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना गर्ने १ महिने ‘सिप मेला’ (छोटो अवधिको व्यवसायिक सिप प्रशिक्षण) का लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ (एफ–पीटीइएन) सँग सहकार्य गर्ने भएको
छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासंघले काम गर्ने गरी सामाजिक विकास विभाग र महासंघ बिच सम्झौता भएको हो । सम्झौतामा विभागका निमित्त प्रमुख बिमला कोइराला र महासंघका वरिष्ठ उपाध्यक्ष प्रमोदकुमार वानियाँले हस्ताक्षर गर्नुभएको छ । बैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना हुने ‘सिप मेला’ बाट १० क्षेत्रका ३६ पेशा सम्बन्धी २०८१ जनालाई तालिम दिने लक्ष्य राखिएको छ ।
महासंघका बागमती प्रदेशका सचिव राजन लोहनीकाअनुसार देशभरिका ४५० वटा र वागमती प्रदेशमा १५० वटा तालिम प्रदायक संघसंस्था महासंघमा आवद्ध छन् ।
महानगरपालिकाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत "सिप" मेला हुन लागेको हो ।
सम्झौताबमोजिम तालिमका प्रशिक्षक, आवश्यक पर्ने सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, प्रयोगात्मक प्रदर्शनी गर्ने दायित्व महासंघको हुनेछ । महानगरपालिकाले स्वीकृत गरेको पाठ्यक्रममा तालिम सञ्चालन हुनेछ । तालिम सकिएपछिको दस्तावेज महानगरपालिकालाई बुझाउनु पर्नेछ ।
यो सम्झौता ज्येष्ठ मसान्तसम्मका लागि हो ।
हस्ताक्षरपछिको प्रतिक्रियामा विभागका निमित्त प्रमुख कोइरालाले भन्नुभयो, ‘मेलाले, छरिएर रहेको सिपलाई एकीकृत गर्ने र सिप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउने लक्ष्य पूरा गराउन मद्दत गर्नेछ ।’ कोइरालाकाअनुसार १८ बर्ष उमेर पूरा भएका ५८ बर्षसम्म उमेर समूहका व्यक्तिले तालिममा सहभागी हुन आवेदन दिन सक्नेछन् ।
सिप मेलाबाट रोजगारको सम्भावना आफैँभित्र छ भन्ने सन्देश दिन खोजिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, तालिमबाट अनौपचारिक क्षेत्रको अर्थतन्त्र औपचारिकतामा रुपान्तरण हुने अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीकाअनुसार, कार्यक्रमअन्तर्गत अहिले डिजिटल मार्केटिङ्, सफ्टवेयर डिभलपमेन्ट, व्युटिसियन, अकाउन्टिङ्लगायत तालिम भइरहेका छन् । १५ हजार व्यक्तिलाई रोजगारमूलक तालिम दिएर ५ हजार व्यक्तिलाई प्रत्यक्ष रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित कार्यक्रम कार्यान्वयनमा आएको हो ।
तालिमका क्षेत्र र पेशा
तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । रोजगार संयोजक देवेन्द्र के. सी. का अनुसार यी क्षेत्रभित्र ३६ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने महानगरपालिकाको योजना छ ।
अहिले तर्जुमा गरिएका तालिमका क्षेत्रहरुमध्ये हलुका सवारी साधन एउटा हो । यसमा अटो इलेक्ट्रिक, अटो डेन्ट पेन्ट, अटो एअर कन्डिसन प्रशिक्षण राखिएका छन् । विद्युतीय सवारी साधनमा मोटरवाइक र स्कुटर रिपेयर, इलेक्ट्रिकल कार रिपेयर तालिम हुनेछन् ।
दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर र इलेक्ट्रिसियन तालिम हुनेछन् । यस्तै प्लम्बिङ्मा वाटर प्युरिफिकेसन टेक्निसियन, सोलार फिटिङ् टेक्निसियन, बोरिङ् वाटर टेक्निसियन, अल्मुनियम फेब्रिकेटर, वेल्डिङ् तालिम समावेश छन् ।
हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, चाइनिज, इन्डियन र कन्टिनेन्टल फुड, वेकरी र वार टेन्डिङ्को प्रशिक्षण हुनेछ । सूचना प्रविधि चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा जडान तथा मर्मत, मोवाइल रिपेयरिङ्को तालिम हुनेछ ।
मेकानिकलमा रेफ्रिजेरेटर र एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन् ।
सातौँ क्षेत्र टेलरिङ् हो । यसमा गार्मेन्ट फेब्रिकेटर र फेसन डिजाइनिङ्कको कक्षा हुनेछ ।
आठौँ क्षेत्र व्युटिसियन हो । यसमा नेल, मेक अप, आइलेस, हेअर कट एण्ड स्टाइल, माइक्रो व्लान्डिङ् प्रशिक्षण हुनेछ । नवौँ क्षेत्र इन्टेरियर डिजाइनिङ् हो । यसमा प्लटिङ एण्ड लेजर कटिङ्, साइन मेकिङ्, स्क्रिन प्रिन्टिङ्को प्रशिक्षण हुनेछ ।
दशौँ विधा ग्रीन सोलुसन हो । यसमा रिकाइकल फ्लेक्स इनटु स्कूल व्याग टे«निङ्, क्यान्भास व्याग्स, पोउच मेकिङ्, प्लाष्टिक रिसाइक्लिङ् लगायतका तालिम हुनेछन् ।
तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । के. सी. भन्नुहुन्छ, रोजगारदाताहरु स्टलमा रहनु हुनेछ । त्यस क्षेत्रसँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु उहाँहरुको सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउनुहुनेछ । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउनु हुनेछ । रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्नुहुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App