वि.सं.: २०८२, मंसिर २२ सोमबार
इ.स.: 2025 December 8,MONDAY
वि.सं.: २०८२, मंसिर २२ सोमबार
काठमाडौँ महानगरपालिका फाइनलमा प्रवेश : फाइनल खेल महानगरपालिका र चन्द्रागिरी नगरपालिकाबिच हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिका, उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलको फाइनल चरणमा प्रवेश गरेको छ । आज मध्यपुर थिमी नगरपालिकासँग भएको खेलमा १–० अन्तरले महानगरपालिकाको टीम फाइनल चरणमा प्रवेश गरेको हो ।
ललितपुरको च्यासल फुटबल ग्राउण्डमा भएको खेलमा महानगरपालिकातर्फबाट जर्सी नम्बर ९ का मनिष सेढाईले गोल गर्नुभएको टीम म्यानेजर नविन चित्रकारले जानकारी दिनुभयो ।
खेलको म्यान अफ द म्याच महानगरको टीमबाट जर्सी नम्बर १० का अनिल खड्का घोषित हुनुभयो ।
सेमीफाइनलको अर्को खेल चन्द्रागिरी नगरपालिका र महालक्ष्मी नगरपालिकाको टीम बिच भएको थियो । यस खेलमा १–० गोल अन्तरले चन्द्रागिरी फाइनलमा पुगेको छ ।
महानगरपालिकाले फाइनल खेल चन्द्रागिरी नगरपालिकासँग खेल्नेछ ।
महानगरपालिकाको टीमले उच्च आत्मबलका साथ खेल प्रदर्शन गरेको सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले प्रतिक्रिया दिनुभयो । यस प्रकार खेलका विभिन्न प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको क्षमता विकासमा महानगरपालिकाको जोड रहेको के. सी. को भनाइ छ ।
प्रतियोगिताको पहिलो खेलमा महानगरपालिकाको टीमले बुढानीलकण्ठ नगरपालिकाको टीमलाई ४–३ अन्तरले जितेको थियो । त्यस खेलको ९० औँ मिनेटसम्म पनि कुनै टोलीबाट गोल नभएपछि पेनाल्टीबाट काठमाडौँ महानगरपालिकाका लागि सरोज तामाङ्, मनिष सेढाईँ, असिम गुरुङ् र एरिक विष्टले गोल गर्नुभएको थियो । क्वाटर फाइनल खेलमा महानगरपालिकाले गोदावरी बी सँग खेलेको थियो । यस खेलमा २—१ गोल अन्तरले महानगरपालिकाको टीम सेमी फाइनलमा प्रवेश गरेको थियो ।
प्रशिक्षक सन्तोष न्यौपानेको प्रशिक्षण, पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानी र नविन चित्रकारको टीम व्यवस्थापनमा महानगरपालिकाका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको बिजेता टीमलाई नगद ५ लाख रुपैयाँ, उपविजेता टीमलाई नगद ३ लाख रुपैयाँ, अनुशासित टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App