Logo

प्रमुख शाहबाट नगर सभामा आ. व. २०८१/८२ का लागि ६२ बुँदामा नीति प्रस्ताव  

प्रमुख शाहबाट नगर सभामा आ. व. २०८१/८२ का लागि ६२ बुँदामा नीति प्रस्ताव  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० ले आर्थिक बर्ष २०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम नगर सभाको १५ औँ अधिवेशनमा प्रस्ताव गर्नुभएको छ । ज्येष्ठ ३२ गते सभा गृहमा आयोजना गरिएको सभामा उहाँले काठमाडौँ ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को परिकल्पनालाई साकार पार्न, सुरक्षित, समावेशी, दिगो र जीवन्त सहर निर्माण गर्नका लागि नीति प्रस्ताव गरिएको उल्लेख गर्नुभएको छ । 

प्रमुख शाहले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गर्नुभएका नीतिहरु यहाँ हेर्नुहोस् । 

आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन र अन्तरसम्बन्धित क्षेत्रसहित ६२ बुँदे नीति तथा कार्यक्रम प्रस्ताव गर्नुभएको हो । 

अहिलेसम्म प्राप्त उपलब्धीका लागि महानगरबासी, नागरिक समाज, विभिन्न तहका सरकार र सरकारी निकाय, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको निरन्तर सहयोग, सक्रियता र समन्वयबाट प्राप्त भएको उल्लेख गर्दै प्रमुख शाहले आगामी बर्षमा पनि सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । 

आ. व. २०८०/०८१ को समीक्षा

बैठकमा  प्रमुख शाहले आर्थिक बर्ष २०८०/०८१ को समीक्षा श्रव्यदृश्य प्रस्तुति मार्फत पेश गर्नुभएको थियो । 

यस वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका संस्थागत र सामुदायिक विद्यालयमा अध्ययनरत २० हजार ३२० जना विद्याथीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा ५ सम्मका २६ हजार ३०५ जना विद्यार्थीलाई दिवा खाजाका लागि संघीय सरकारबाट प्रति दिन हरेकका लागि प्राप्त हुने १५ रुपैयाँमा महानगरपालिकाका तर्फबाट १५ रुपैयाँ थप गरेर प्रति विद्यार्थी दैनिक ३० रुपैयाँ उपलब्ध गराइएको छ । 

कक्षा ६ देखि कक्षा  १० सम्मका २३ हजार ५४६ जना विद्यार्थीलाई प्रतिदिन ३० रुपैयाँका दरले महानगरपालिका आफैँले दिवा खाजा खर्च उपलब्ध गराएको छ । 

नगर सभा १५ औँ अधिवेशनको पूरा भिडियो यहाँ हेर्न सकिन्छ । भिडियोमा आर्थिक बर्ष २०८०/८१ को समीक्षा र आर्थिक बर्ष २०८१/८२ का लागि प्रस्तावित नीति समेटिएको छ । 

 

शिक्षामा प्रविधिको प्रयोगका लागि पूर्वाधार, साधन तथा उपकरण खरिद प्रक्रियामा छ । १० हजार छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइएको छ । ७  वटा विद्यालयमा सेनेटरी प्याड डिस्पोजेवल मेसिन जडान गरिएको छ ।

‘शिक्षामा सीप’ गौरवको योजना अन्तर्गत कक्षा ० र १० सम्मका २ हजार ५२० जना विद्यार्थीहरुका लागि १० वटा मोड्यूलका छोटो अवधि ९९० घण्टा० को तालिम प्रदान गरिएको छ । बाल सञ्जाल गठन गरी कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरुलाई बिभिन्न १५ विधामा पाठ्यक्रम सहितको १५ हप्ते बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालन गरिएको छ ।

आधारभूत तह ९कक्षा १ देखि कक्षा ८० सम्मका विद्यार्थीहरुलाई नेपाल भाषामा पठनपाठन गर्ने कार्यलाई  निरन्तरता दिइएको छ । 

‘गरी खाने शिक्षा, महानगरको इच्छा’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएका छन् । 

लक्षित वर्गका लागि अस्पतालहरुमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यबिधि, २०८० कार्यान्वयनमा ल्याइएको छ । यसबाट महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरुसँग समन्वय र सहकार्य गरी नेपालको जुनसुकै स्थानीय तहबाट सिफारिस भई आएका विपन्न, असहाय र वेवारिसे अवस्थाका विरामीहरुलाई ३७४ शैयामा निःशुल्क उपचार गर्ने प्रवन्ध मिलाइएको छ । 

महानगरवासीलाई सुलभ तथा सुपथ मूल्यमा गुणस्तरीय औषधी प्राप्त गर्न सहज होस भन्ने उद्देश्यले फार्मेसी सञ्चालन तथा नियमन निर्देशिका, २०८१  कार्यान्वयनमा ल्याइएको छ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र २६१ वटा  फार्मेसीहरुको अनुगमन गरिएको छ । 

महानगरपालिकाको सहयोगमा सञ्चालित निःशुल्क एम्बुलेन्स सेवा ९१०२ हटलाइन० बाट ९ हजार ८१८ जनाले निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्नुभएको छ । 

स्तन तथा पाठेघरको मुखको क्यान्सर पहिचानको लागि सवै वडामा स्वास्थ्य शिविर संचालन गरी ७ हजार ७७५ जना महिलाहरुको स्तन क्यान्सरको स्क्रिनिङ्ग र ६ हजार ३१६ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा १ हजार ३५५ जनालाई निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराईएको छ ।

‘धुलो रहित काठमाडौँ’ गौरवको योजना अन्तर्गत ३९।०३ किलोमिटर सडक कालोपत्रे गरिएको छ । २२।६ किलोमिटर  फुटपाथ निर्माण भएको छ । ८।९७ किलोमिटर बाटो ढलान भएको छ । १ हजार ३९९ वर्गमिटर चोकमा ढुंगा छाप्ने काम सम्पन्न भएको छ । ७।६६ किलोमिटर ढल निर्माण र २।९ किलोमिटर  रिटेनिङ् वाल निर्माण सम्पन्न गरिएको छ ।

४ वटा सामुदायिक भवन, २ वटा सहरी स्वास्थ्य क्लिनिक भवन, ४ वटा कलेज तथा स्कुल भवन, १ वटा सार्वजनिक शौचालय, २ वटा फल्चा बस स्टप, २ वटा पाटी र १९ वटा पार्क निर्माण सम्पन्न गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा महानगर क्षेत्रभित्र २ हजार ९८९ वटा स्मार्ट सडक बत्तीको जडान गरिएको छ । 
१ हजार ४९९ वर्गमिटर पर्खालमा कलात्मक चित्रहरुको लेखन कार्य सम्पन्न गरिएको छ ।
एकीकृत विकास प्रणालीको विकास गर्ने अन्तरनिकाय समन्वय कार्यदल, २०८१ गठन गरी कार्य गरिएको छ ।

४९ वटा योजनाहरु ९मन्दिर ६, पाटी १, सत्तल २, बहीबहाल बिहार १२, गुठीघर द्यःछेँ ११, अन्य ८० पुनः निर्माण र जिर्णोद्धार गरिएको् छ । १४९ वटा मन्दिर, विहार, चैत्य, पाटी, फल्चाहरु र २८ वटा ढुंगेधारा तथा पोखरीहरुको सौन्दर्यीकरण गरिएको छ । 

डवली पुनरुत्थान, मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्धनका लागि वडा र समुदाय स्तरमा कार्यक्रम सञ्चालन भएका छन् । नेपाल भाषा संरक्षण र प्रवर्धनका लागि नेपाल भाषा सांस्कृतिक ज्ञानकोष प्रकाशन गरिएको छ । 

वडा ५, ६, ७, १८ र २४ गरी ५ वटा वडाका स्थानहरुको सांस्कृतिक, ऐतिहासिक र सामाजिक महत्वका प्राचीन तथा मौलिक नामको संकलन, अध्ययन तथा अनुसन्धान कार्य सम्पन्न भएको छ । युनेस्को क्रियटिभ सिटीज नेटवर्क ९युसीसीएन० अन्तर्गत चलचित्र नीति संवाद कार्यक्रम सम्पन्न भएको छ । 

वडा नं। ५ लाई लिच्छवीकालीन स्वरुपमा फिर्ता गर्न हरेक शनिवार सवारी प्रवेश निषेध तथा स्थानीय कलाको प्रदर्शन, सामाग्रीको उत्पादन थालिएको छ । वडा नं। ५, १०, १२ २४, २५ र २७ मा फोहरलाई स्रोतमा वर्गीकरण गर्ने काम थालिएको छ । भान्सामै फोहर वर्गीकरण गर्न १ हजार ९७२ थान कम्पोस्ट बिन सहुलियत दरमा वितरण गथरिएको छ । फोहर वर्गीकरण गर्न स्टयाण्डसहितका ३४३ थान विन सामुदायिक विद्यालयलाई, ४७९ वटा वडा कार्यालयहरुलाई उपलब्ध गराइएको छ । 

नदी सरसफाइबाट २ हजार ९५३ मेट्रिक टन फोहर संकलन एवम् व्यवस्थापन गरिएको छ । बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटमा उपत्यकाका २४ वटा स्थानीय तहबाट आउने वार्षिक ५ लाख टन फोहरमैला व्यवस्थापन गरिएको छ । सिसडोल ल्याण्डफिल साइटको क्यापिङ् गरिएको छ । 

५० वटा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेर २९ वटा स्वास्थ्य संस्थाहरुलाई कारबाहीको दायरामा ल्याइएको छ । 

महानगरपालिकाबाट प्रवाह गरिने सेवाको प्रभावकारीता र गुणस्तर वृद्धि गर्न कार्यालय विहान ९ बजेदेखि सञ्चालनमा ल्याइएको छ ।  सेवाग्राहीको थप सहजताको लागि एकल सेवा केन्द्र (वन स्टप सर्भिस सेन्टर)  सञ्चालनमा ल्याइएको छ ।

विद्युतीय सेवाका लागि इशिफारिस, इअफिस, इजलास जस्ता प्रविधिहरु सञ्चालनमा ल्याइएका छन् । भुक्तानीका लागि प्रचलनमा रहेका ६ वटा गेट वेसँग सहकार्य थालिएको छ । 

युवा जनशक्तिहरुलाई श्रम बैंकमा आवद्ध गराई सिप तथा क्षमता विकास तालिम र रोजगारीका अवसरहरु उपलब्ध गराइने कार्यनीति अनुरुप ४ हजार ३९९ जना भन्दा बढी जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिएको छ । 

सेवा केन्द्रका रूपमा रहेका वडा कार्यालयहरुको क्षमता विकास तथा स्रोत साधन सम्पन्न बनाउन अधिकार निक्षेपण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास गर्न अध्ययन अवलोकन भ्रमण, तालिम तथा वृत्ति विकासका कार्यक्रमहरु सञ्चालन गरिएका छन् । 

खर्चतर्फको लेखा परीक्षणको क्रममा औंल्याईएका बेरुजु रकम मध्ये १ अर्व ३९ करोड अर्थात करिब ३२।१४ प्रतिशत बेरुजु फछर्योट गरिएको छ । 

करको दायरा वृद्धि गर्न कर टोली गठन गरी स्थलगत रुपमा कर अनुगमन, निरीक्षण सचेतना कार्यक्रममार्फत ३५ हजार ६६६  करदाता संख्या थप गरिएको छ । करदाता सूचना आदानप्रदान अन्तरगत कम्पनी रजिष्ट्रारको कार्यालयसमेत बाट ३६ हजार ६२६  करदाताको विवरण प्राप्त गरिएको छ ।  कर शीर्षक पहिचान नभएका विभिन्न ११ वटा व्यवसायको पहिचान गरी व्यवसाय करको दायरामा ल्याइएको छ ।

आन्तरिक आय तर्फ गत वर्षको जेठ २७ सम्मको तुलनामा यस वर्षको जेठ २७ गतेसम्म १३ करोड ४४ लाख ५५ हजार १५९ रुपैयाँ २० पैसा थप राजस्व प्राप्त भएको छ ।  

केन्द्रीय कार्यालय तथा वडा कार्यालयहरुबाट प्रारम्भ भएको निःशुल्क कानुनी सेवालाई निरन्तरता दिइएको छ । यस प्रावधान अनुरुप २५ हजार ८७७ सेवाग्राहीले निःशुल्क कानुनी सेवा प्राप्त गर्नुभएको छ । प्रमुख, न्यायिक समिति र प्रमुख प्रशासकीय अधिकृत तहमा सुनुवाई गरी न्याय सम्पादन गर्ने कार्यलाई प्राथमिकतामा प्राथमिकतामा राखिएको छ । 

प्रतिशत विवादहरुको निरुपण गरिएको छ । १२ वटा ऐन, २ वटा नियमावली, ३ वटा निर्देशिका, १७ वटा कार्यबिधि, २ वटा मापदण्ड गरी ३६ वटा कानुन स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा पेश भएका कार्यपत्रहरु, सम्मेलनका निचोडहरु समेत संग्रह गरी न्यायिक समिति दिग्दर्शन प्रकाशन अन्तिम चरणमा रहेको छ ।

लैङ्गिकताका आधारमा हुने हिंसा नियन्त्रण गर्न, महिलाको बहुपक्षीय अधिकार तथा मानव अधिकारका समग्र विषयहरुमा प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न वडा महिला सञ्जाल गठन गरी स्थानीय न्याय संवाद कार्यक्रम सञ्चालन गरिएको छ ।

५ हजार ४६४ सामुदायिक कुकुर र विरालोको वन्ध्याकरण गरिएको छ । १७ हजार ९९४ मात्रा खोप लगाइएको छ । १ हजार ८४९ वटा मृत जीवजन्तुको व्यवस्थापन गरिएको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत र यातायात क्षेत्रमा सम्लग्न बालबालिकाको विवरण संकलन गरी बालश्रम तथा हिंसामा परेका ४१ जना बालबालिकाको उद्धार गरिएको छ ।

रोजगारी र आय बृद्धि, काठमाडौंको समृद्धि गौरवको योजनाअन्तर्गत सिप मेला, २०८१ आयोजना गरिएको छ । १० विधा र २९ बिधामा  ६८ हजार ८६६ आवेदकमध्येबाट पहिलो चरणमा २ हजार ७१५ जनालाई सम्बन्धित विषयको तालिम प्रदान गरिएको छ । 

एक वडा एक उद्यमशिलता नमूना कार्यक्रमअन्तर्गत १५ वटा वडामा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिएको छ  ।

अपाङ्गता भएका १९९ जनालाई व्यक्तिहरुलाई व्हीलचेयर, कमोड चियर, वाकर र सेतो छडी वितरण गरिएको छ । ३ वटा सिपमूलक कार्यक्रम सञ्चालन गरिएको छ । अपाङ्गता भएका ५९९ जना व्यक्तिको सहभागितामा भारत्तोलन र बोसिया खेल आयोजना गरिएको छ ।

वडा कार्यालयहरुबाट ज्येष्ठ नागरिकहरुलाई देशका विभिन्न स्थानको भ्रमण गराइएको छ । बरिष्ठ ज्येष्ठ नागरिकहरुलाई निःशुल्क उपचार र पोषण भत्ता प्रदान गरिएको छ ।  

निष्क्रिय र संकटग्रस्त सहकारी व्यवस्थापनका लागि संस्थागत संयन्त्र निर्माण गरिएको छ । 

डुवान समाधान स्वर्णिम योजनाअन्तर्गत महानगर क्षेत्रभित्रका विभिन्न ठाउँका ढल, नाला सफा गरी ३ हजार ८६२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वडा नं २६ सामाखुसी खोलामा ५९ मिटर तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ । 

नक्सापास प्रक्रियालाई सरल, सहज र पारदर्शी कागजरहित वनाउन विद्युतीय भवन अनुमति प्रणाली ९इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम इवीपीएस० लाई समयसापेक्ष अद्यावधिक गरी विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) समेतको प्रयोग गरेर राजस्व प्रणालीमा आवद्ध गरिएको छ । 

मेरो रहर, सुन्दर र हरित सहर गौरवको योजनाअन्तर्गत महानगरका १४९ स्थानहरुमा ३५ हजार रूख विरूवा रोपिएको छ ।

रिचार्ज काठमाडौँ अभियान कार्यक्रमअन्तर्गत बालाजुमा आकाशे पानी संकलन तथा पुनःभरण गर्ने संयन्त्रको स्थापना गरिएको छ ।

 

  • प्रकाशित मिति: शनिबार १ असर २०८१ २१:११