वि.सं.: २०८३, असर ३ बुधबार
इ.स.: 2026 June 17,WEDNESDAY
वि.सं.: २०८३, असर ३ बुधबार
'स्थानीयलाई व्यवस्थापनको दायित्व दिने, वडाले संरक्षण प्रदान गर्ने योजना छ' - श्रेष्ठ, संयोजक, पूर्वाधार समिति
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १९ कंकेश्वरीमा १५ फिट लामो सिंहशैय्यासन प्रस्तर वुद्ध मूर्ति स्थापना गरिएको छ । २५७० औँ वुद्ध जयन्तीको अवसर पारेर आज वडाध्यक्ष एवं महानगरपालिकाको पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले मूर्ति सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक गरिएको मूर्तिलाई करिब ४ फिट अग्लो आसनमा राखिएको छ । यसको निर्माण लागत करिब २८ लाख रुपियाँ रहेको वडाध्यक्ष एवं महानगरपालिकाको पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘यस स्थानलाई हामीले वुद्ध पार्क नामाकरण गरेका छौँ । पार्कलाई बालबालिका, युवा र ज्येष्ठ नागरिकमैत्री बनाउँछौँ । त्यसपछि यसको व्यवस्थापन गर्ने दायित्व स्थानीयलाई दिन्छौँ । वडाले अभिभावक भएर पार्कको संरक्षण गर्नेछ ।’ श्रेष्ठले भन्नुभयो, ‘निर्माण गर्नुभन्दा संरक्षण र व्यवस्थापन गर्न कठिन छ । त्यसैले पार्क उपयोगमा सबैले अपनत्व र दायित्व लिन आवश्यक छ ।’
मूर्ति सार्वजनिक गर्नुअघि स्थानीयहरुले वडाभित्रका विभिन्न स्थानमा अस्थिधातु यात्रा गरेका थिए । त्यसपछि नमूना विहारमा आएर वुद्धको पूजाआराधना गरिएको थियो ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App