वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
पारा खेलको पूर्वाधार र खेलाडीको क्षमता विकासका कार्यक्रममा प्राथमिकता छन्, रहिरहनेछन् - उपप्रमुख डंगोल
काठमाडौँ । उपत्यकाव्यापी महिला व्हील चेयर बास्केटबल प्रतियोगितामा व्हील चेयर स्पोर्टस् एशोसिएसन (डब्लु.एस.ए.) ले प्रथम स्थान हासिल गरेको छ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले शनिवार राजधानीमा आयोजना गरेको प्रतियोगितामा जावलाखेल व्हील चेयर स्पोर्टस क्लब ( जे.डब्लु.एस.सी.) ले दोस्रो स्थान, स्पाइनल कड इन्ज्युरी नेटवर्क नेपाल ( एस.सी.आइ.एन.एन.) ले तेस्रो स्थान हासिल गरे । विजेता टीमलाई महानगगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, नगद पुरस्कार, मेडल, ट्रफी प्रदान गर्नुभएको थियो भने कार्यपालिका सदस्य महेश नेपालीले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
पहिलो हुने टीमलाई नगद ३० हजार रुपैयाँ, दोस्रोलाई २० हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टीमलाई नगद १० हजारसहित पुरस्कृत गरिएको हो । खेलका उत्कृष्ट खेलाडी डब्लु.एस.ए.का टीना महर्जन र हाइ स्कोरर यही क्लवका ज्योती अर्याललाई जनही २ हजार ५ सय नगदसहित पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा ओमन इम्प्याक्ट नेपाल (डब्लु.आइ.एन) ले चौथो र बोधिसद्भाव इन एक्सन (बी.आइ.ए.) फाउन्डेसन पाँचौँ स्थान प्राप्त गरे ।
काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले शनिवार राजधानीमा आयोजना गरेको प्रतियोगितामा विजेता टीमलार्य महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ट्रफी, प्रमाण पत्र र नगद ३० हजार रुपैयाँ प्रदान गर्नुभयो ।
खेल लिगकम नकआउटका आधारमा खेलाइएको थियो ।
प्रमाणपत्र वितरणपछि बोल्दै उपप्रमुख डंगोलले, खेलाडीहरुको उर्जाले आफूलाई पुनजागृत महसुस भएको धारणा राख्दै हरेक खेलाडी प्रतियोगितामा आउनु सबैको पहिलो जित भएको धारणा राख्नुभयो ।
‘पारा खेलको विकास र विस्तारका लागि खेलाडीको क्षमता बढाउने, पूर्वाधार निर्माण गर्ने, साधन तथा उपकरण प्रवन्ध गर्ने कार्यक्रम नियमित सञ्चालन गर्नेछौँ ।’ उहाँले भन्नुभयो, ‘आज प्रतियोगितामा आएका खेलाडीले अन्तर्राष्ट्रिय पारा खेलमा पदक जितेको नेपालको गौरव उच्च बनाएको क्षणका लागि महानगरपालिकाले गर्नु पर्ने सबै खालका दायित्व पूरा गर्नेछ ।’
त्यस क्रममा कार्यपालिका सदस्य महेश नेपालीले स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता क्षेत्रमा सबैको पहुँच पुर्याउन महानगरपालिकाले काम गरिरहेको धारणा राख्नुभयो । ‘सबैका लागि गुणस्तरीय शिक्षा, हरेकका लागि सर्वसुलभ र सहज स्वास्थ्य सेवा र सिपमूलक तालिमबाट रोजगार तथा स्वरोजगारको अवसर प्रदान गरिरहेका छौँ । गरिरहनेछौँ ।’ नेपालीको भनाइ थियो । विगतमा सिकाइ, समतामूलक सहर निर्माणको आवश्यकता र लाभग्राहीको मागबमोजिम विगतका कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै नयाँ कार्यक्रम थप गर्दै लैजाने छौँ । कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले धारणा राख्नुभयो ।
महानगरपालिकाले सहयोग गर्न थालेपछि शारीरिक अपाङ्गता भएका व्यक्तिहरुमा भविष्यप्रति सकारात्मक उर्जा प्रवाह भएको छ । कार्यक्रममा अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिका सदस्य लक्ष्मीदास मघैयाले धारणा राख्नुभयो ।
प्रतियोगिताका संयोजक भवानी कपालीका अनुसार हरेक टीममा १२ जना खेलाडी हुनुहुन्थ्यो । उहाँहरुसँग एकजना टीम म्यानेजर, एक जना टीम स्वयमसेवक र एकजना टीम कोच गरेर हरेक टीममा १५ जना सदस्य हुनुहुन्थ्यो ।
पारा खेलतर्फ महानगरपालिकाले बहिरा अपाङ्गता भएका महिला र पुरुष समूहमा फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । जेठ १४ गते दृष्टिविहीन व्यक्तिहरुका विचमा फुटबल प्रतियोगिता सम्पन्न भयो । नेपालमा पहिलो पटक भएको यो खेलको प्रतियोगिता हुनु अघि ५ दिनको प्रशिक्षण प्रदान गरिएको थियो ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App