वि.सं.: २०८३, जेठ १९ मंगलबार
इ.स.: 2026 June 2,TUESDAY
वि.सं.: २०८३, जेठ १९ मंगलबार
च्याम्पियनसिपमा २८ वटा वडाबाट ८५ जना खेलाडी सहभागी
काठमाडौँ । वडा नं. १७ का विकास महर्जन पहिलो वडाध्यक्ष अन्तर वडा स्नुकर च्याम्पियनसिप २०८३ को विजेता हुनुभएको छ । वेस्ट अफ थटीनमा भएको फाइनल खेलमा वडा नं. ११ का सञ्जयकुमार मुल्मीसँगको खेलमा ७-४ खेल अन्तरले महर्जन च्याम्पियन बन्नुभएको हो । प्रतियोगितामा महानगरपालिकाका २८ वटा वडाबाट ८५ जना खेलाडीको सहभागिता थियो ।
खेलको समापन अवसरमा वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले विजेता महर्जनलाई १ लाख ३० हजार रुपियाँ, फस्ट रनर अप मुल्मीलाई ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा सेमीफाइनलिष्ट वडा नं. २० का सुजेन शाही र वडा नं. ३० का उदिप शाक्यलाई जनही १२ हजार ५ सय रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो । यस्तै वडा नंं १४ का समीर तण्डुकारलाई राइजिङ् प्लेयर र वडा नं. ११ का सौरभ शाहीलाई वेष्ट प्लेयरका रुपमा जनही १० हजार रुपियाँसहित पुरस्कृत गरियो । ९४ स्कोर गर्ने राजन लामालाई वेष्ट स्कोररका रुपमा नगद १० हजार रुपियाँसहित सम्मानित गरिएको छ ।
शाही र तण्डुकारसहित वडा नं. १२ का विकी खड्गी र वडा नं. १६ का निरजमान सैँजु क्वाटर फाइनलिष्ट हुनुभएको छ ।
पुरस्कार वितरण पछि बोल्दै वडाध्यक्ष तण्डुकारले, वडावासीको मनोरञ्जनसँगै युवाहरुलाई खेलप्रति उत्साहित बनाउन महानगरपालिकाले र वडा कार्यालयले नियमित रुपमा खेलका कार्यक्रम आयोजना गरिरहेको बताउनुभयो । ‘हरेक वडाले फरक विधाका खेल आयोजना गरेका छन् । यसलाई एकीकृत गर्दा मापन योग्य नतिजा प्राप्त हुनेछ ।’ उहाँको भनाइ थियो ।
खेलका संयोजक वडा नं. ११ का सदस्य एवं नेपाल विलियर्ड स्नुकर तथा पुल संघका अध्यक्ष सरोज कुमार मुल्मीले, खेलाडीहरुकै प्रयत्नमा गएको २० औँ वर्षदेखि यात्रा गरिरहेको स्नुकर खेललाई वडाले प्रतियोगिताका रुपमा स्वीकार गर्नु ठुलो उपलब्धि भएको उल्लेख गर्नुभयो । खेलकुदसँगै वडाबाट पूर्वाधार विकास, सामाजिक तथा आर्थिक विकासका कार्यक्रमलाई समान प्राथमिकता दिएको मुल्मीको भनाइ थियो ।
वडाले स्नुकर प्रतियोगितालाई वार्षिक तालिकामा राखेर सञ्चालन गर्ने योजना बनाएको छ ।
यो खेल करिब ८० वर्ष अगाडि नेपाल भित्रिएको मानिन्छ । यो खेलको पूर्वाधार सीमित ठाउँमा भएकोले पहुँच कम व्यक्तिको हुन्थ्यो । उपलब्धता कम र माग धेरै भएपछि शुल्क महंगो थियो । यसकारण स्नुकरलाई समृद्धहरुको खेलका रुपमा लिइन्थ्यो ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App