सूचीमा मनोनयन भएका विद्यार्थीले साउन २० गतेभित्र भर्ना हुनु पर्ने
काठमाडौँ । कक्षा ११ र १२ का लागि लिइएको छात्रवृत्ति परीक्षाको दोस्रो मनोनय सूची (म्याचिङ् लिष्ट) मा ४३७ जनाको नाम प्रकाशित भएको छ । यी विद्यार्थीमध्ये ४१४ जनाको नाम पहिलो पटक प्रकाशित भएको हो । २३ जनाको नाम पहिलो लिष्टमा प्रकाशित थियो । उनीहरु भर्ना हुन जाँदा विद्यालयमा त्यो विषय अध्ययन गर्नका लागि कुनै पनि विद्यार्थी भर्ना विषय पढाउन नसकिने विद्यालयले जानकारी दियो । यसरी विद्यार्थीले रोजेको विद्यालयमा भर्ना हुन नपाएका तेइस जनाको नाम दोस्रो सूचीमा पनि निकालिएको हो । शिक्षा विभागले बिहीबार बेलुका सूची प्रकाशन गरेको हो ।
साउन १२ गते पहिलो मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीको नाम प्रकाशन गरिएको थियो । शिक्षा अधिकारी गोविन्द्रप्रसाद शर्माका अनुसार पहिलो सूचीमा नाम प्रकाशित भएका विद्यार्थीहरुलाई साउन १५ गतेभित्र भर्ना भइसक्न सूचित गरिएको थियो । यस सूचीबाट ५१३ जनाले विद्यार्थीले भर्ना गरेनन् । यसमा सबैभन्दा धेरै विज्ञान विषयमा ३४५ जना भर्ना हुन गएनन् । यससँगै व्यवस्थापन विषयमा १६४ जना, शिक्षामा २ जना र कानुनमा २ जना भर्ना भएनन् ।
गएको शैक्षिक सत्रमा विद्यालयमा भर्ना भएका विद्यार्थीको आधारमा यस वर्षका लागि ४ हजार ६२९ कोटा निर्धारण गरिएको छ । यी कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि साउन ४ गते परीक्षा लिइएको थियो । यसको परीक्षाको नतिजा र विद्यार्थीले रुचि गरेको विद्यालयका आधारमा पहिलो लिष्टमा विद्यार्थीको रुचिका आधारमा २ हजार ८५९ जनाको नाम निकालिएको थियो ।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार, गएको बर्ष विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको संख्या र विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिको अनुमानित संख्याका आधारमा अब १ हजार ८४६ सिट खाली देखिएको छ । तर, छात्रवृत्ति दिने १७५ विद्यालयमध्ये ११ वटा विद्यालयले विद्यार्थी नआएका कारण विषय अध्यापन गराउन नसक्नेलगायत सूचना दिएका छन् । झा भन्नुहुन्छ, ‘यो बर्ष एसइइमा विद्यार्थीहरु थोरै उत्तीर्ण भएपछि विद्यालयहरुमा विद्यार्थी भर्नाको चाप कम छ । अपेक्षा गरिएअनुरुप विद्यार्थी भर्ना भएका छैनन् । यसको असर छात्रवृत्तिको संख्यामा पनि परेको छ ।’ उहाँले सिट संख्याको अनुमान गर्दै भन्नुभयो, ‘यो अवस्थाबाट अपेक्षा गरिएको सिट संख्या घट्न सक्छ ।’
यो अवस्था विश्लेषण गरेर तेस्रो सूची पनि प्रकाशित गर्नेछौँ । झा भन्नुहुन्छ, ‘विद्यार्थीको रुचि र योग्यता क्रमका आधारमा पहिलो र दोस्रो लिष्ट निकालिएको थियो । तेस्रो लिष्ट छात्रवृत्ति परीक्षामा विद्यार्थीले प्राप्त गरेको अङ्क र रुचिका आधारमा प्रकाशन गरिनेछ । यसमा विषय र विद्यालय परिवर्तन गरेर अध्ययन गर्ने अवसर हुनेछ ।’
यी सबै परिस्थितिको विश्लेषण गरेर साउन २३ गते पछाडि तेस्रो लिष्ट सार्वजनिक गर्ने विभागको योजना छ ।
नोमिनेसन सूची (म्याचिङ् लिष्ट) मा नाम भएका विद्यार्थीहरुले अनलाइनबाट मनोनयन पत्र डाउनलोड गर्न सक्छन् । भर्ना हुन जाँदा यही पत्र लिएर जानुपर्छ ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले कुनै पनि शुल्क तिर्नु पर्दैन ।