वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोली फिल्डमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ । आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले थापाथलीस्थित प्रसुति गृह र नर्भिक अस्पतालका क्यान्टिनका खाद्य बस्तुका नमूना संकलन तथा परीक्षण कार्यको शुभारम्भ गर्नुभएको हो । त्यस क्रममा संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरुको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाहरुको स्थलगत परीक्षण र विश्लेषण गरेको थियो ।
घुम्ती प्रयोगशालाबाट हुने कामका विषयमा जानकारी लिँदै उपप्रमुख डंगोलले, खाद्य स्वच्छताबाट उपभोक्ता अधिकार सुरक्षित गराउन घुम्ती प्रयोगशालाबाट तथ्यमा आधारित विवरण प्राप्त हुने बताउनुभयो । यसबाट प्राप्त हुने नतिजाका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘स्वच्छ खाद्य व्यवसायका लागि वैज्ञानिक कार्यक्रम तर्जुमा गर्न घुम्ती प्रयोगशालाबाट महत्वपूर्ण आधार निर्माण हुनेछ ।’
महानगरपालिकासँगको सहकार्यबाट गुणात्मक नतिजा प्राप्त हुनेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालको अपेक्षा छ ।
आज परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको चमेना गृह (सुनिल क्यान्टिन), स्टाफ क्यान्टिन (मनकामना माई क्यान्टिन), अस्पतालको निशुःक खाजा, सुप तथा अन्य विरामीको लागि तयार गर्ने भान्छा र नर्भिक अस्पतालको क्याफे केयर प्रा. लि. को अनुगमन निरीक्षण गरिएको हो ।
अनुगमनका क्रममा सुनिल क्यान्टिन र मनकामना क्यान्टिनबाट दूध, पानी र खाने तेलको स्थलगत नमूना संकलन र परीक्षण गरियो । घुम्ती प्रयोगशालाको परीक्षणबाट यी खाद्यवस्तुको गुणस्तर मापदण्डअनुसारको पाइएको छ । यस्तै क्यान्टिनबाट लिइएको मःमसँग खाने अचारको नमूना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ ।
नर्भिक अस्पतालको क्याफे केयरबाट नमूना लिइएको क्रिम डुनटको नमूना पनि रिफरेन्स प्रयोगशालामा पठाइएको छ ।
महानगरपालिकाका फुड टेक्नोलोजिष्ट भारती अधिकारीका अनुसार स्त्री रोग अस्पतालको चमेना गृहमा मासु तथा मासुजन्य पदार्थ र तरकारी साग सब्जी सँगै राखिएको पाइएको थियो । ग्याँस चुलो, रेफ्रिजरेटर फोहर थिए । व्यक्तिगत सरसफाइमा कमजोर थियो । लेबल नभएको खाद्य सामाग्रीको प्रयोग भेटियो । सिन्थेटिक रङ्गको अनुचित प्रयोग भेटियो । भान्छामा साङ्ला र झिँगा भेटियो । भान्छाको भुइँको टाईल फुटेको र फोहर थियो । खानेकुरा र कपडा एउटै कक्षबाट बेच्ने गरेको पाइयो ।
अनुगमन टोलीले कमजोरी सुधार गर्न सुझाव दिएको छ ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App