वि.सं.: २०८३, भदौ १९ शुक्रबार
इ.स.: 2026 September 4, FRIDAY
वि.सं.: २०८३, भदौ १९ शुक्रबार
सानातिना सहयोगले पनि बालबालिकालाई ठुलो प्रोत्साहन हुन्छ – वडाध्यक्ष खड्गी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकोे वडा नं. २८ सहिद शुक्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीहरुलाई किताब बोक्ने झोला, कापी र कलम प्रदान गरेको छ । बालबालिकाहरुलाई नियमित विद्यालय आउन प्रोत्साहित गर्ने उद्देश्यले सामान वितरण गरिएको हो ।
बालबालिकाका लागि सानातिना सहयोगले पनि अध्ययनलाई निरन्तरता दिन प्रोत्साहन हुनेछ । कार्यक्रममा वडाध्यक्ष भाइराम खड्गीले भन्नुभयो, शैक्षिक विकासका लागि विद्यालयको पूर्वाधार, खेलकुद र अतिरिक्त शैक्षिक क्रियाकलापका लागि सहयोग प्रदान गरिरहेका छौँ । वडा सचिव कृष्णप्रसाद सोतीले, सामुदायिक शिक्षाको गुणस्तर बढाउन वडाले लगानी बढाएको बताउनुभयो ।
किताब बोक्ने झोला पाएका विद्यार्थीहरु हर्षित हुँदै वितरण कक्षबाट बाहिरिएका थिए ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App