वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
वडा ३० बाट कर्मचारी र समुदायका प्रतिनिधिहरुलाई आधारभूत उद्घोषण तालिम
काठमाडौँ । वडाले कुनै कार्यक्रम सञ्चालन गर्नु पर्दा उद्घोषण गर्ने मान्छे खोजेर ल्याउनु नपरोस् । कार्यक्रम बनाउन सोधीखोजी गर्नु नपरोस् । वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की भन्नुहुन्छ, ‘यसका लागि हामीले कर्मचारी र समुदायका प्रतिनिधिहरुलाई आधारभूत उद्घोषण तालिम प्रदान गरेका छौँ ।’ ७ दिने आधारभूत उद्घोषण तालिमको समापन अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । वडाले इन्टिच्युट फर सोसल ट्रान्सफरमेसनसँगको सहकार्यमा जेठ १३ गतेदेखि थालेको तालिम १९ गते समापन भएको थियो । तालिममा १५ जनालाई सहभागी गराइएको थियो ।
समापन कार्यक्रम प्रशिक्षार्थीले नै सञ्चालन गर्नुभएको थियो ।
तालिममा उद्घोषण र भाषण कलाको सैद्धान्तिक पक्ष, व्यवहारिक ज्ञान, विषय बस्तुको ज्ञान, आमन्त्रित व्यक्तित्वको परिचय लिएर कार्यक्रमको ढाँचा तयार पार्ने, कार्यक्रमअनुरुपका पोशाक र सजावट गरेर कार्यक्रममा उपस्थित हुने जस्ता पूर्व तयारी, माइक समाउने तरिका, मर्यादा क्रम मिलाउने, शुद्ध बोल्ने, आकस्मिक आउने विषयलाई सहज ग्रहण गरेर सहजीकरण गर्ने जस्ता क्षमताको अभ्यास गराइएको थियो ।
वडाले सञ्चालन गरेका तालिममध्ये उद्घोषण तालिमबाट तत्काल नतिजा देखिएको वडा सदस्य इन्दिरा श्रेष्ठको भनाइ थियो । तालिमपछि प्रशिक्षार्थीहरुको व्यक्तित्वमा परिवर्तन आएको देखियो । समापन अवसरमा वडा सचिव देवराज जोशीले नतिजा सुनाउनुभयो । त्यस क्रममा प्रशिक्षार्थीकातर्फबाट धारणा राख्दै बीना हमालले, प्रशिक्षणले जनसम्पर्कका लागि आत्मविश्वाश बढेको धारणा राख्नुभयो ।
समापन कार्यक्रम वडा कार्यालयका प्रशिक्षार्थी आशा खड्काले नै सञ्चालन गर्नुभएको थियो ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App