वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
काठमाडौँ महानगरपालिकामा आज पहिलो चरणमा र २५ गतेदेखि दोस्रो चरणमा खो कार्यक्रम सञ्चालन हुने
काठमाडौँ । नव किशारीहरुलाई प्रदान गरिने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजदेखि देशभर सुरु भएको छ । प्रधानमन्त्री के. पि. शर्मा (ओली) ले काठमाडौँ महानगरपालिका वडा नं. ३ को स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारिअर हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गर्नुभएको हो । काठमाडौँ महानगरपालिकाभित्र ४६ हजार ९८५ जना किशोरीहरुलाई पाठेघरको मुखको
क्यान्सरविरुद्धको खोप दिने लक्ष्य राखिएको छ । सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिइनेछ । सामुदायिक र संस्थागत गरेर ४९९ वटा विद्यालयका खोप केन्द्र सञ्चालन भएको छ । यसमा ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत विद्यालय छन् ।
खोप कार्यक्रम शुभारम्भ अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले, रोग र व्याधीमुक्त समाज निर्माणका लागि निरोगी जीवन कार्यक्रम सञ्चालन गर्ने योजनाअनुरुप क्यान्सरविरुद्धको खोप प्रदान गर्न थालिएको बताउनुभयो । ‘यो घातक रोग लाग्नै नदिने कार्यक्रमको थालनी हो । यससँगै नागरिकले स्वस्थ्य जीवनका लागि आहार, विराम र आराममा ख्याल गर्नुपर्छ ।’ उहाँको जोड थियो ।
सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपमा रहन नदिने लक्ष्यअनुरुप कार्यक्रम थालिएको हो । कार्यक्रममा स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री प्रदीप पौडेलले भन्नुभयो, ‘खवर नपुगेर कोही पनि खोप सेवाबाट बञ्चित हुन नपरोस् । यसका लागि सबैले सञ्चार प्रवाहमा योगदान गरौँ ।’
शुभारम्भपछि महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले खोप केन्द्रको अवलोकन गराउनुभएको थियो ।
पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपबाट बाहिर निकाल्न खोप, स्क्रिनिङ् र उपचार गरेर ३ चरणका कार्यक्रम तय भएका छन् । यी हरेक चरणका कार्यक्रममा ९० प्रतिशत लक्ष्य हासिल गर्ने लक्ष्यअनुरुप आगामी फागुन महिनालाई स्क्रिनिङ् महिनाका रुपमा परीक्षण कार्यक्रम सञ्चालन हुन लागेको छ ।
पाठेघरको मुखको क्यान्सरबाट बच्ने ३ चरणका उपायमध्ये १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एच.पि.भी. खोप लगाउनु पहिलो हो । दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गराउनु पर्छ । तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्छ ।
महानगरपालिकाका वडा नं. १, २, ५, ८, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र ३० मा आजदेखि खोप सुरु भएको छ । वडा नं. ३, ४, ६, ७, ९, १०, १३, १४, १५, १६, २६, २९, ३१ र ३२ मा माघ २५ गतेदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ ।
विद्यालयमा खोप लिन छुटेका र विद्यालयभन्दा बाहिरका किशोरीहरुका लागि कार्यक्रमको अन्तिम दिन स्वास्थ्य प्रवर्धन केन्द्रबाट खोप दिइनेछ ।
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन ४ जना महिलाहरूको मृत्यु भइरहेको छ । महिलाहरुलाई क्यान्सर मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो । यो क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ । यसलाई एच.पि.भी. भाइरस भनिन्छ । एचपिभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App