वि.सं.: २०८२, पुस २ बुधबार
इ.स.: 2025 December 17,WEDNESDAY
वि.सं.: २०८२, पुस २ बुधबार
जीवन खर्चेर खेलबाट देशको प्रतिष्ठा बढाउने खेलाडीको जीविकोपार्जनका विषयमा सरकार जिम्मेवार हुनुपर्छ, हामी छौँ - वडाध्यक्ष तिवारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २६ को प्रतिनिधित्व गर्दै विभिन्न खेलका प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, वडाको पहिचान र प्रतिष्ठामा योगदान गर्ने व्यक्तित्वसहित सांस्कृतिक प्रतियोगितामा विजय हासिल गर्ने व्यक्तिहरुलाई सम्मान प्रदान गरेको छ । आज वडामा आयोजना गरिएको कार्यक्रममा वडाध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले सम्मान प्रदान गर्नुभएको हो ।
यसरी सम्मानित हुनु हुनेमा सगरमाथा ओरोही पूर्णिमा श्रेष्ठलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरियो । कार्यक्रममा स्वर्ण पदक विजेतालाई नगद १५ हजार रुपैयाँसहित सम्मान, कास्य पदक विजेतालाई नगद ५ हजार रुपैयाँसहित सम्मान तथा खेलाडीहरुलाई प्रशंशा पत्र प्रदान गरिएको थियो ।
वडाका खेलाडीहरुले प्रथम खुला कास्की भेट्रान्स पुरुष बास्केटबल प्रतियोगिता २०८१, ललितपुरमा आयोजना गरिएको वडा स्तरीय खुला टेवुलटेनिस प्रतियोगितालगायत खेलमा पदक प्राप्त गरेका छन् ।
त्यस क्रममा तेक्वान्दो खेलका अन्तरराष्ट्रिय निर्णायक रमिला खत्री र गौरव रजक, टेवुल टेनिस प्रशिक्षक सुरजध्वज के. सी., तेक्वान्दो प्रशिक्षक नारायण पन्त, अनिल रजक, मिलन मगर, बास्केट बल प्रशिक्षक फणिन्द्रमान श्रेष्ठ र अञ्जिरमान प्रधानलाई खेल क्षेत्रको विकासमा योगदान दिए वापत सम्मान गरिएको थियो । यस्तै खेल संयोजन तथा व्यवस्थापनमा वडाकातर्फबाट संयोजन गर्ने वडा सदस्य प्रवेश श्रेष्ठलाई पनि सम्मान प्रदान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष ख्यामराज तिवारीले, पदक जित्न अरु सवै अवसर छोडेर समर्पित खेलाडीको जीविकोपार्जनका लागि सरकारले ध्यान दिनु पर्ने बताउँदै वडाले त्यस कार्यको थालनी गरेको बताउनुभयो । ‘खेलमा भावना र प्रतिष्ठा दुवै जोडिएको हुन्छ । अन्तरराष्ट्रिय स्तरमा खेल्दा देशको पहिचान अभिवृद्धि हुन्छ । यसकारण खेलाडीहरुको प्रोत्साहनका लागि काम थालेका छौँ ।’ तिवारीले सन्तुलित विकासको प्रसङ्ग उठाउँदै भन्नुभयो, ‘पूर्वाधार विकाससँगै सामाजिक, आर्थिक, शैक्षिक, जनजीवन, जीविकोपार्जन, आरोग्य जीवनलगायत समाजका सबै अङ्गको सन्तुलित विकासमा हाम्रो जोड छ ।’
त्यस क्रममा पूर्व वडाध्यक्ष विश्वम्भरलाल प्रधानले भन्नुभयो, ‘राजा त्रिभुवनका पालामा नेपालको औपचारिक फुटवल प्रशिक्षण लैनचौरबाट भएको हो । यसकारण वडा नं. २६ खेल विकासको उर्वर भूमि हो ।’ उहाँले ४० वर्ष अघिको कार्यक्रम स्मरण गर्दै भन्नुभयो, ‘म वडाध्यक्ष भएको समयमा यसैगरी खेलाडीहरुलाई सम्मान गरेको थिएँ । लामो समयपछि आज त्यस बेलाको कार्यक्रम जोडिएको छ । यो खुशीको कुरा हो ।’
वडा सदस्य एवं खेलकुद संयोजक प्रवेश श्रेष्ठले खेल विकासका योजना सुनाउँदै भन्नुभयो, ‘हामी तत्काल विभिन्न ५ वटा विधाका खेलका कार्यक्रम सञ्चालन गर्दैछौँ । हामीले सञ्चालन गर्ने खेलले युृवाहरुको सक्रियतालाई बढाउने, स्वच्छ समाज निर्माणमा योगदान हुने आशा गरेका छौँ ।’
तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय रेफ्री गौरव रजकले भन्नुभयो, ‘पदक लिनका लागि हामीले खेलबाहेक सबै अवसर छोडेका हुन्छौँ । यसरी अवसर छोडेर देशको प्रतिष्ठाका लागि खेल खेल्नेहरुलाई सरकारले सम्झना गर्दा हर्षविभोर हुने रहेछ । वडाले प्रदान गरेको सम्मानबाट यस्तै महसुस भइरहेको छ ।’



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App