Logo
  • वि.सं.: २०८३, साउन ९ शनिबार

  • इ.स.: 2026 July 25,SATURDAY

  • वि.सं.: २०८३, साउन ९ शनिबार

  • 'समाचारमा तटस्थता, तथ्य, सन्तुलन र विश्वास हराउन दिनु हुँदैन' - प्रवक्ता मानन्धर

    महानगरपालिकाका सार्वजनिक सूचना प्रकाशनका लागि गोरखापत्रसँग सम्झौता नवीकरण

    काठमाडौँ । समाचारमा तटस्थता, तथ्य, सन्तुलन र विश्वसनीयता गुम्न दिनु नहुने बताउँदै काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले गोरखापत्रले यी विषयमा आफूलाई सचेत बनाउनु पर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका सार्वजनिक सूचना तथा विज्ञापन प्रकाशनका लागि गोरखापत्रसँग भएको सम्झौता नवीकरणका अवसरमा उहाँले विभिन्न कारणले सूचनाका उपभोक्ताहरु सही सूचनाबाट बञ्चित हुँदैछन् कि भन्ने विषयमा स्वमूल्याङ्कन गर्ने बेला आएको धारणा राख्नुभयो । 

    त्यस क्रममा प्रवक्ता मानन्धरको रोहवरमा महानगरपालिकाको सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल र संस्थानको व्यापार प्रवर्धन विभागका प्रमुख गंग बहादुर पन्थीले सम्झौता नवीकरण पत्रमा हस्ताक्षर गर्नुभयो । 

    सम्झौताबमोजिम महानगरपालिकाले आफ्ना सूचना तथा विज्ञापन सोझै संस्थानमा पठाउनेछ । यस पटक थपिएको बुँदामा महानगरपालिकाका प्रकाशन भएका सूचना तथा विज्ञापनहरु अनलाइन प्रणालीमा अभिलेखन गरिनेछ । मिति, विषय वा क्षेत्रजस्ता संकेत शव्दका आधारमा यी सूचनाहरु चाहिएको बेलामा सर्च गरेर हेर्न सकिनेछ । 

  • प्रकाशित मिति बिहीबार २२ माघ २०८२ ०६:३४ PM