वि.सं.: २०८३, जेठ २२ शुक्रबार
इ.स.: 2026 June 5, FRIDAY
वि.सं.: २०८३, जेठ २२ शुक्रबार
सडक किनारा, पार्क, नदी किनाराहरुमा समी, कपुर, फलफुलका विरुवा रोपिए
काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा पारेको काठमाडौँ महानगरपालिकाले ४४९ वटा विरुवा रोपेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले वडा नं. १७ र वडा नं. १९ का नदी किनारा, पशुपति क्षेत्र, कालीमाटी लगायत स्थानमा समी, कपुर, धुपी, फलफूल र फूलका विरुवा रोपेको हो । लखतीर्थमा आयोजित कार्यक्रममा महानगरपालिकाको वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वित्त समितिका संयोजक ईश्वरमान डंगोलसहित स्थानीय संघसंस्था तथा समुदायका अगुवाहरुले विरुवा रोप्नुभएको हो ।
लखतीर्थसँगै कंकेश्वरीमा भएको वृक्षारोपणमा वडाका जनप्रतिनिधि, नेपाल खड्गी सेवा समिति, नेपाल ग्रीस मैत्री तथा सांस्कृतिक संघ, ग्लोबल्ली कन्सर्न फर क्लाइमेट चेञ्जलगायत सामाजिक तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।
कार्यक्रममा वातावरण समितिका संयोजक एवं वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले, रोपिएका विरुवा जोगाउन र हुर्काउन स्थानीयको साथ चाहिने बताउनुभयो । ‘विरुवा रोप्ने, गोडमेल गर्ने, मल राख्ने, पानी राख्ने काम महानगरपालिकाले गर्छ । यति गरेर मात्र पनि विरुवा नजोगिन सक्छन् । तर, स्थानीयहरुले चाहनुभयो भने यस्ता विरुवा जोगाउन सक्नुहुन्छ ।’ महर्जनको भनाइ थियो ।
सहरी स्वच्छताका लागि हरियाली बढाउने काममा आयोजनाले आन्तरिक तथा वाह्य समन्वय बढाएर काम गरिरहेको आयोजना प्रमुख धनबहादुर बस्नेतले बताउनुभयो ।
आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज लखतीर्थमा १ सय वटा कपुर र ६४ वटा समी, कालीमाटीमा ४५ वटा कपुर र ४० वटा समी, वडा नं. १७ विष्णुमती करिडोरमा २० वटा कपुर र ५० वटा फलफुल, पशुपति क्षेत्रमा २५ वटा समी, २५ वटा कपुर, २५ वटा धुपी र २५ वटा फलफुलका विरुवा र ५० वटा फलफुल, वडा नं. १९ कंकेश्वरीमा ३० वटा फलफुलका विरुवा रोपिएका हुन् ।
श्रेष्ठका अनुसार यस वर्ष महानगरपालिकाभित्र करिब ५ हजार विरुवा र फलफुल राखिएका छन् । यससँगै फुलका बोट पनि रोपिएका छन् ।






निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App