वि.सं.: २०८३, असोज १९ सोमबार
इ.स.: 2026 October 5,MONDAY
वि.सं.: २०८३, असोज १९ सोमबार
आपसी सद्भाव बढाउने उद्देश्यले उमेर समूहगत प्रतियोगिता गरेका हौँ – वडाध्यक्ष, ढकाल
काठमाडौँ । शान्तिनगरमा आयोजित फुटसल प्रतियोगितामा बानेश्वर फ्रेण्डसिप क्लव बिजेता बनेको छ । काठमाडौँ महानगरपालिका वडा ३१ ले स्थानीय क्लवसँगको सहकार्यमा सञ्चालन गरेको ४५ वर्ष उमेर माथिका पुरुष बिचको प्रतियोगितामा किङ् कम स्पोट्स क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै बानेश्वर क्लव बिजेता बनेको हो ।
खेलको समापन अवसरमा वडाध्यक्ष सरोज ढकालले, विजेता टीमलाई नगद ५० हजार रुपियाँसहित ट्रफी र मेडल प्रदान गर्नुभयो । यस्तै उपविजेता टीमलाई नगद २५ हजार रुपियाँसहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।
खेलमा ७ वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।
खेलले वडाबासीका बिचमा भौतिक सम्बन्ध बढाएको छ । समापन अवसरमा वडाध्यक्ष ढकालले भन्नुभयो, ‘मोवाइल संसारमा रमाउँदै कोठामा थुनिएका वडाबासीलाई भौतिक रुपमा एक ठाउँमा ल्याउने प्रयास गरेका हौँ । यसबाट सामाजिक सदभावलाई भौतिक रुपमा देखिने बनाएको छ ।’
वडाले बालबालिका, युवा, प्रौढ लगायत विभिन्न समूहमा खेलका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी राजु पुलामीलाई नगद २० हजार रुपियाँसहित सम्मानित गरिएको थियो ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App