वि.सं.: २०८२, फागुन २२ शुक्रबार
इ.स.: 2026 March 6, FRIDAY
वि.सं.: २०८२, फागुन २२ शुक्रबार
११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका बारेमा पत्रकार भेटघाटमार्फत जानकारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रका महिला नेतृहरुको नेतृत्व यात्राको कुरा सुन्न अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, व्यक्तित्व र नेतृत्व विकास गर्ने महिलाहरुका लागि कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो । ‘यो प्रेरणादायी हुनेछ । फरक विधा र क्षेत्रमा नेतृत्व गर्दाका अनुभव उत्प्रेरक हुन सक्छन् । सहास र संघर्षका कथा, समाज रुपान्तरणमा महिलाको भूमिका सिकाइमूलक हुन सक्छन् । सम्भावना प्राप्त गर्ने विधि, चुनौतीको सामना गर्ने विधि थाहा हुन्छ ।’ डंगोलले कार्यक्रममा सहभागी हुन आमन्त्रण गर्दै भन्नुभयो, ‘महिलाहरुलाई सहभागी हुन हामी खुला निमन्त्रणा गर्दछौँ ।’
११६ औँ अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा महानगरपालिकाले गर्ने कार्यक्रमका विषयमा जानकारी दिन आज काठमाडौँ प्लाजामा आयोजना गरिएको कार्यक्रममा प्रवक्ता नविन मानन्धरले भन्नुभयो, ‘विभिन्न क्षेत्रको नेतृत्वमा रहनुभएका महिलाहरुका नेतृत्व यात्राका उतारचढाव, सिकाइ र भोगाइ सुन्न पावर इन एक्सन ' हर टाइन इज नाउ शीर्षकमा महानगरपालिकाले अन्तरसंवाद कार्यक्रम आयोजना गर्नेछ । औपचारिक प्रणालीको नेतृत्व गर्दाका अनुभव संस्थागत नेतृत्वमा रहनु भएका व्यक्तित्वबाट प्रस्तुत हुनेछ । समाजका औपचारिक तथा अनौपचारिक संयन्त्रको नेतृत्व गर्नेहरुले समुदायगत नेतृत्वको अनुभूति सुनाउनुहुनेछ ।’ मानन्धरले भन्नुभयो, ‘प्रशासन, कानुन, समाज, उद्यम, उद्योग तथा वाणिज्य, नवप्रवर्तन, हक अधिकार, लैङ्गिक उत्तरदायी सहर, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरुको आर्थिक सशक्तिकरण, सूचना प्रविधिका अवसर, व्यक्तित्व विकास, समतामूलक समाज निर्माणका आयामलगायत विषयमा अनुभूति समेटिनेछन् । राज्य प्रणालीको उपल्लो ओहदादेखि सामान्य जीवनयापनका पद्धतिसम्मका सृङ्खला महिला नेतृत्वका कथा कार्यक्रममा समेटिनेछन् ।’
प्रवक्ता मानन्धरका अनुसार एकजना महिलाले देखेको, भोगेको र अनुभूति गरेको विषय नेतृत्व यात्रामा अर्की महिलाका लागि सिकाइ बन्न सक्ने भएकोले यसप्रकारको कार्यक्रम तर्जुमा गरिएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा सामाजिक समितिका संयोजक रामकुमार के. सी., प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रशासन विभागका प्रमुख महेश काफ्ले, निर्देशक वसन्त आचार्य, सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलासहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
दिवस अवसरमा आयोजना हुने कार्यक्रममा महानगरपालिकाका महिला लक्षित सेवा तथा कार्यक्रमहरुमा न्यायिक सहजकर्ता, महिला सञ्जाल, मेलमिलापका विषयमा जानकारी तथा ‘एक वडा ः एक नमूना उद्यम कार्यक्रम’अन्तर्गतका पौरखी महिलाहरुको प्रतिनिधिमूलक जीवन्त कला प्रदर्शनी हुनेछन् । कार्यक्रमका बारेमा सहभागीहरुबाट पृष्ठपोषण दिन क्युआरमा आधारित प्रश्नावली, नेपालको महिला आन्दोलन तथा अधिकारका संघर्षका उदाहरणीय महिला नेतृहरुका विषयमा विवरण प्रदर्शनी गरिनेछ ।
हिंसामुक्त समाज निर्माण, सामाजिक न्यायमा आधारित प्रशासनिक सेवा, लैङ्गिकमैत्री र पहुँचयुक्त सडकसहितका पूर्वाधार विकास गर्न, सार्वजनिक सुविधामा सहज पहुँच बढाउन, सुरक्षित कार्य स्थल उपयोगका लागि सामाजिक मनोविज्ञान थाहा पाउन अन्तरसंवाद उपयुक्त स्थल बन्ने अपेक्षा गरिएको छ । यसबाट महिला, पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएकै कारण नेतृत्वमा भेदभाव, अपमान, दुव्र्यवहार भोग्नु पर्ने अवस्था सुधारमा सहयोग हुने, महिलाहरुको नेतृत्व स्थानका लागि आपसी सिकाइ, भोगाइ आदानप्रदान हुने अपेक्षा गरिएको छ ।
महानगरपालिकाले लैङ्गिकमैत्री र समतामा आधारित सहरी व्यवस्थापन, लैङ्गिकताका आधारमा हुने हिंसा न्यूनीकरण, व्यवस्थापन तथा स्थानीय विवाद निरुपणका लागि ६ वटा स्थानीय कानुन तर्जु गरी कार्यान्वयनमा ल्याएको छ । ‘विवाद निरुपण कार्यविधि ऐन, २०७५’, ‘मानव बेचविखन ओसारपसार नियन्त्रण कार्यविधि, २०७८’, ‘वडा महिला सञ्जाल सञ्चालन कार्यविधि, २०७९’, ‘लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७८’, ‘मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका, २०७९’ र ‘कानुनी सहायता कार्यविधि २०८०’ महानगरपालिकाले जारी गरेका महिला लक्षित कानुन हुन् ।
यी कानुन कार्यान्वयन गर्न ‘न्यायिक समिति’, ‘सामाजिक समिति’ ‘वडा महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’, ‘कानुन तथा मानव अधिकार विभाग’, ‘सामाजिक विकास विभाग’ संस्थागत संंयन्त्र क्रियाशील छन् । यसलाई प्रभावकारी बनाउन ‘विवाद निरुपणका लागि निष्पक्ष सुनुवाइ’ को अभ्यास गरिन्छ । सुशासन तथा विधिको शासनका लागि कानुनी सल्लाहकारबाट कानुनी राय लिने व्यवस्था गरिएको छ ।
मेलमिलापलाई व्यवस्थित बनाउन मेलमिलापकर्तालाई सूचीकृत गरिएको छ । सबै वडामा ‘महिला सञ्जाल गठन’ गठन गरिएको छ । ‘मेलमिलाप कक्ष’ स्थापना गरिएको छ । केन्द्र र वडामा ‘न्यायिक सहजकर्ता’बाट निःशुल्क कानुनी सेवा र विषयविज्ञ कानुन व्यवसायीबाट ‘निःशुल्क कानुनी सहायता’ प्रदान गर्ने गरिएको छ । यो न्यायिक विकेन्द्रीकरणको अनुकरणीय नविन अभ्यास हो ।
स्थानीयलाई कानुनी साक्षरता प्रदान गर्न तथा न्यायमा छिटो र सरल सहज पहुँच प्रदान गर्न वडा स्तरमा न्यायिक संवाद कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । परम्परागत सिपबाट उद्यम चलाउन सक्ने क्षमता भए पनि घरमै अलमलिएका महिलाहरुका लागि नमूना उद्यम कार्यक्रम सञ्चालन गरिएको छ ।
यस वर्ष फागुन २४ गते ‘राइट्स, जस्टिस एक्सन ः फर अल वुमेन एण्ड गल्र्स’ अन्तरराष्ट्रिय र ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ राष्ट्रिय नारासहित ११६ औँ अन्तरराष्ट्रिय महिला दिवसका कार्यक्रम आयोजना हुँदैछन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App