वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
वडा नम्बर १८ को चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई र आगामी वर्षको योजना तर्जुमा छलफल सम्पन्न
                        काठमाडौँ । वडाको भूगोल, वडाभित्र सञ्चालन हुने सामाजिक तथा सांस्कृतिक कार्यक्रम, खेलकुद, समानता, समावेशीकरण, आर्थिक विकास, सेवा प्रवाह र सुविधा वितरणलाई सन्तुलित विकासका रुपमा आगामी वर्षको योजनामा समेटिने वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले बताउनुभएको छ । आज वडा कार्यालयमा आयोजना गरिएको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई र आगामी आर्थिक वर्षको योजना तर्जुमा छलफल कार्यक्रममा उहाँले आउँदो वर्षको योजनाका विषयमा जानकारी गराउनुभएको हो ।
‘चालु आर्थिक वर्षका २६ वटा योजनामध्ये २ वटा सम्पन्न हुन बाँकी छन् ।’ महर्जनले भन्नुभयो, ‘आउँदो वर्ष धेरै व्यक्ति, परिवार र समुदायलाई लाभ हुने कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।’
वडाले चालु आर्थिक वर्षमा कुमारी गल्ली, किसि गल्ली, म्हेछ्यँ हिति गल्ली, लस्का चोक, नरदेवी अगाडिको चोक, ताम्सीपाखा पाटी, तुलाधर दुगुद्यः महादेव मन्दिर पुनःनिर्माण गरेको छ । श्वेतकाली मन्दिरमा पित्तलको छाना राखेको छ । भुरुङ्खेल पार्क, दमैचाघाट पार्क, तंपिता पार्क, पुष्पलाल पार्क, दुगुचा खेल मैदानको मर्मत र सौन्दर्य बढाउने काम गरेको छ । वैद्यचोकको मन्दिरमा काठको आँखी झ्याल राखेको छ । यही चोकमा मन्दिर निर्माण गरेर मूर्ति स्थापना गरेको छ ।
यससँगै सडक मर्मत सम्भार गर्ने, गल्ली र चोकमा ढुङ्गा तथा इटा छाप्ने, ढल निकास निर्माण, मर्मत तथा पुनःनिर्माण गर्ने काम गरेको छ । विभिन्न मन्दिरहरुमा रंगरोगन गर्ने, मंगालको कभर खरिद गर्ने, थप सीसीटिभी क्यामरा जडान गर्ने, ह्यउम किसिमा बार निर्माण गर्ने काम भएको छ । 
सामाजिक विकासका कार्यक्रमअन्तर्गत महिला सशक्तिकरणका लागि सेल्फ मेकअप, रेशमी धागोको चुरा बनाउनेसहितका सिपमूलक तालिम, ज्येष्ठ नागरिकका लागि तीर्थाटन, युवा लक्षित नेतृत्व विकास कार्यक्रमका कार्यक्रम सम्पन्न भएका छन् । धिमे बाजा प्रशिक्षणलगायत अमूर्त सम्पदाको संरक्षण, प्रवर्धन र पुस्तान्तरणका कार्यक्रम भएका छन् । जात्रा पर्व सञ्चालन तथा व्यवस्थापन गर्न स्थानीय खलपुचःलाई आर्थिक अनुदान प्रदान गरिएको छ ।
वडाका लागि विनियोजित ५ करोड रुपैयाँमध्ये अहिलेसम्ममा ३ करोड ९ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ । 
चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्ममा १ करोड ८० लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसमा सबैभन्दा धेरै बहालकर तर्फ १ करोड ६ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।  
७ हजार ८ सय जनसंख्या भएको वडामा करिब ३ किलोमिटर कालोपत्रे सडक छ । कालोपत्रे सडकभन्दा धेरै भित्री गल्लीहरु छन् । यस्तै ८ वटा परम्परागत चोकहरु छन् । पोषण भत्ता लिने ज्येष्ठ नागरिकको संख्या १७० जना रहेको छ । यस्तै ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्तिसहित सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ६५४ जना रहेको छ ।
वडाबासीका माग 
योजना तर्जुमा कार्यक्रममा वडाबासीले माग गरेका योजनाहरुमा गल्ली मर्मत, सुधार, यस्ता गल्लीहरुमा सीसीटिभी क्यामरा राखर सुरक्षा प्रत्याभूति, लागु औषध प्रयोगकर्ताहरुमाथि निगरानी र नियन्त्रण, गल्लीहरुमा पार्किङ् व्यवस्थापन, साँघुरा गल्लीहरुलाई एकतर्फी बनाउने, अलि फराकिला सडकलाई दुईतर्फी सञ्चालन गर्ने, स्थानीयबासी लक्षित कार्यक्रमलाई प्राथमिकता दिने, मेलम्ची र विद्युतका तार भूमिगत गराउने क्रममाका असर कम गराउने, निर्माण कार्य सकिने वित्तिकै ठेकेदारले बाँकी सामग्री नलगेर समस्या भएकोले यसलाई नियन्त्रण गर्नु पर्ने, जात्रा पर्वसँग सम्बन्धित भौतिक संरचनाहरुको पुनःनिर्माण र मर्मत सम्भार गर्ने, सडक, गल्ली र चोकहरुको स्तरोन्नति गर्ने, जात्रा पर्व सञ्चालन व्यवस्थापन गर्न सहयोग गर्नु पर्नेलगायत योजना माग गर्नुभएको छ । 
वडा नम्बर १८ भित्री वडा हो । महानगरपालिकाको वर्गीकरणमा यो सानो वडामा पर्छ ।





 
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App