वि.सं.: २०८३, असर २२ सोमबार
इ.स.: 2026 July 6,MONDAY
वि.सं.: २०८३, असर २२ सोमबार
'सरकारले गरेका निर्णयमा हामी प्रतिपक्ष बन्न सक्दैनौँ' - वडाध्यक्ष, तण्डुकार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ११ का स्थानीयबासीले विकास निर्माणसँगै विकास व्यवस्थापनमा जोड दिन आग्रह गर्नुभएको छ । वडाले नागरिकका माझमा आयोजना गरेको चालु आर्थिक वर्षको समीक्षा अगर्थात सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने स्थानीयले विकासलाई उपयोग योग्य बनाउन व्यवस्थापन योजना चाहिएको बताउनुभयो । ‘सडक निर्माण भएको छ । तर, सडकमा निर्माण सामग्री राखेर सवारी साधनलाई व्यवधान भएको छ । खानेपानीको पाइप लाइन छ तर, भनेको समयमा पानी आउँदैन । ढल निकास छ । तर, धेरै ठाउँमा क्षमता कमजोर छ । यहाँ निर्माण भन्दा व्यवस्थापन चाहिएको छ । उहाँहरुको भनाइ छ ।
यसरी उठाइएका सवालहरुमा पूर्वाधार निर्माण, सेवा र प्रशासनिक प्रक्रियाका विषय कम थिए । विकास व्यवस्थापन, सहरी सुरक्षा र सामाजिक विकासका प्रश्न अलि धेरै थिए ।
सुनुवाईमा सहभागी टोल सुधार समिति र स्थानीयहरूले वडाको भौतिक विकासको दिगो उपयोगका विषय उठान गरे । ‘सडकका खाल्टा पुरेपछि देखिने दाग सहरकै दाग हो, खाल्टा नै नहुने प्रणाली बनाउनुपर्छ ।’ प्रश्नकर्ताको भनाइ थियो । बर्खामा जलमग्न हुने सडक, साँघुरा ढल र जोखिमपूर्ण बिजुलीका पोलहरू वडावासीका मुख्य चिन्ताका विषय बनेका छन् । उहाँहरुको भनाइ थियो ।
थापाथलीदेखि बबरमहलसम्मको सवारी चाप, अव्यवस्थित पार्किङ र सडक पेटीमा हुने व्यापारले पैदल यात्री असुरक्षित टिप्पणी पनि आयो । यति मात्र होइन, बिजुली बजारको पुलमुनि हुने लागू औषध दुव्र्यसनीहरूको जमघट र रातको समयमा हुने अश्लिलतालाई नियन्त्रण गर्न स्थानीयले माग गर्नुभयो ।
नदी किनाराका अव्यवस्थित बसोबासीलाई सरकारले स्थानान्तरण गरेको विषयमा स्थानान्तरित व्यक्तिहरुले, ‘सामान्य जीवन बाँच्न नदिने भए हाम्रो नागरिकता फिर्ता लिनुहोस् र हाम्रै अगाडि च्यातिदिनुहोस् ।’ भनेपछि जवाफमा वडाध्यक्ष हीरालाल तण्डुकारले, वडा कार्यालय सरकारको प्रतिपक्ष नभएको जवाफ दिनुभयो । ‘सरकारले लिएका नीति र योजनाहरूको विपक्षमा जनप्रतिनिधि उभिन मिल्दैन, तर हामी समस्याको उचित समाधानका लागि समन्वय गरिरहेका छौँ ।’ उहाँको भनाइ थियो ।
तण्डुकारले प्रश्नहरुको जवाफमा भन्नुभयो, टोल तथा समुदायको विकासका लागि आपसी फरक मत त्यागेर आउनु हामी तत्काल नतिजा दिनेछौँ । विवाद भएका योजना कार्यान्वयन गर्न सकिँदैन । कतिपय समस्या क्षेत्राधिकार वाहिरका छन् । यसमा हामी सम्बन्धित निकायसँग समन्वय र दबाब सिर्जना गरेर नतिजा दिनेछौँ ।
कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले स्थानीय विकासमा वडासँग मिलेर काम गर्न र प्रदेशको बजेटलाई एकीकृत गर्न आफू तयार रहेको बताउनुभयो । यस्तै, सिंहदरवार प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेले सुरक्षा संवेदनशीलतामा प्रहरी जिम्मेवार रहेको बताउँदै कुनै पनि उच्छृङ्खल गतिविधि देखेमा तत्काल १०० नम्बरमा फोन गर्न आग्रह गर्नुभयो ।
वडा सचिव धर्मराज भट्टराईका अनुसार चालु आर्थिक वर्षका २९ योजनामध्ये १३ वटा सम्पन्न भइसकेका छन् भने बाँकी निर्माण र मूल्याङ्कनको चरणमा छन् । कार्यक्रम स्थलमा सम्पन्न तथा क्रमागत योजनाको प्रगति विवरण टाँस गरिएको थियो । यस्तै लिखित सुझाव तथा गुनासाहरु पनि लिइएको थियो ।
सुनुवाई कार्यक्रममा टुकुचा खोलाको सुधार, विश्व निकेतन विद्यालय पछाडिको खुला ठाउँलाई खेल मैदान बनाउने जस्ता योजनालाई आगामी वर्षमा कार्यान्वयन गरिने अधिकारीहरुले बताउनुभयो ।
१ दशमलव ७४ वर्ग किलोमिटर क्षेत्रफल भएको वडाबासी सबैको ढोकामा जनप्रतिनिधिको पहुँच पुगोस् भनेर वडालाई ४ भागमा बाँडेर हरेक क्षेत्र एक जना वडा सदस्यहरुलाई हेर्ने गरी जिम्मेवारी दिइएको छ । उहाँहरुको जिम्मेवारी नागरिकका समस्या सुन्ने र समाधान गर्ने हो ।







निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App