वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
गएको कार्तिक महिनामा सम्पन्न प्रतियोगितामा विभिन्न विधाका ४ जना खेलाडीलाई रजत पदक प्राप्त
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले, १५ औँ वल्र्ड बडिबिल्डिङ् एण्ड फिजिक च्याच्पियनसिप २०२४ का रजत पदक विजेता ४ जना खेलाडीहरुलाई जनही नगद १ लाख रुपैयाँसहित सम्मान गर्नुभएको छ । गएको कार्तिक २० गतेदेखि २५ गतेसम्म वल्र्ड बडिबिल्डिङ् एण्ड फिजिक स्पोर्टस् फेडेरेसनले माल्दिभ्समा आयोजना गरेको खेलका पदक विजेतालाई सामाजिक विकास विभागले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो ।
प्रतियोगितामा ६० किलो तौल समूहतर्फ रुजेश शाही, मास्टर्स ४० देखि ४० वर्ष उमेर समूहतर्फ प्रज्वलमान शाक्य, महिला ५५ किलो तौल समूहतर्फ रजनी श्रेष्ठ, पिस स्वीमस्वीट १६५ सेन्टिमिटर महिलातर्फ सनम मुलगुठीले रजत पदक प्राप्त गर्नुभएको हो ।
सम्मान अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका पदाधिकारी, कार्यपालिका सदस्यसहित अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।
महानगरपालिकाले खेल क्षेत्रको प्रवर्धन र खेलाडीहरुको आत्मबल बढाउन राष्ट्रिय अन्तरराष्ट्रिय प्रतियोगिताका विजेताहरुलाई नगदसहित सम्मान गर्ने गरेको छ । यस्तै खेलप्रेमीहरुलाई प्रतियोगिता हेर्ने वातावरणका लागि सार्वजनिक स्थलहरुमा एलइडी स्क्रिन राखेर प्रत्यक्ष प्रसारण गर्ने गरेको छ ।



तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App