वि.सं.: २०८३, वैशाख २७ आइतबार
इ.स.: 2026 May 10,SUNDAY
वि.सं.: २०८३, वैशाख २७ आइतबार
काठमाडौँ महानगरपालिकाको वडा नं. १ साहित्यिक व्यक्तित्वको पहिचानयुक्त ठाउँ हो – वडा सदस्य तण्डुकार
काठमाडौँ । नाट्य सम्राट बालकृष्ण समको १२४ औँ जन्म जयन्तीको अवसर पारेर कमलपोखरीको प्रतिमा स्थलमा विशेष कविता वाचन सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं. १ र नेपाली शिक्षा परिषदको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो ।
त्यस अवसरमा बोल्दै लेखक एवं कुटनीतिज्ञ डा. मदनकुमार भट्टराईले, समले प्रयोग गरेका शव्दहरुको सौन्दर्य र गाथा जति हे¥यो उति गहिरो भएको उल्लेख गर्नुभयो ।
वडा नं. १ साहित्यिक पहिचानयुक्त स्थान हो । वडा सदस्य रसला तण्डुकारले भन्नुभयो, ‘बालकृष्ण सम र भूमि शेरचनको जन्म भएको वडा हो । यो वडालाई साहित्यिक पहिचानबाट परिचित गराउन चाहन्छौँ ।’ शिक्षा परिषदका अध्यक्ष रमा शर्माले भन्नुभयो, ‘आफ्नो युगको प्रतिनिधित्व गर्ने वहुप्रतिभाशाली व्यक्तित्वबाट सम परिचित हुनुहुन्छ ।’
समको सम्मानमा वडाले गरेका कामका विषयमा जानकारी दिँदै वडा सचिव सर्वज्ञराज पौडेलले भन्नुभयो, ‘समको प्रतिमा स्थलको उत्तरतर्फको सडकलाई सम मार्ग नामाकरण गरिएको छ । प्रतिष्ठानसँगको सहकार्यमा हामीले ०५५ सालदेखि कमलपोखरीमा हरेक वर्ष कविता वाचन आयोजना गरिरहेका छौँ ।’
वि. सं. १९५९ साल माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा जन्मिनु भएको समको पूरा नाम बालकृष्ण शमशेर ज. व. रा. हो । उहाँको पहिलो कृति मुटुको व्यथा हो । उहाँले सैनिक सेवा, गोरखापत्रका सम्पादक, रेडियो नेपालका निर्देशक, राजकीय प्रज्ञा प्रतिष्ठान (तत्कालीन), राज सभा स्थायी सदस्य (तत्कालीन) जस्ता विभिन्न क्षेत्रमा सेवा गर्नुभएको थियो । समका मुकुन्द इन्दिरा, अन्धवेग, प्रेमपिण्ड, अमसिंह, भीमसेनको अन्त्य, स्वास्नी मान्छे, ऊ मरेकी छैन, प्रह्लाद जस्ता एकाङ्की नाटक हुन् । आगो र पानी, चिसो चुल्हो उहाँका कविता काव्य हुन् ।
समको निधन २०३८ साल साउन ६ गते भएको हो ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App