वि.सं.: २०८३, वैशाख २४ बिहीबार
इ.स.: 2026 May 7,THRUSDAY
वि.सं.: २०८३, वैशाख २४ बिहीबार
प्रतियोगिताबाट सामाजिक सम्बन्ध थप मजवुत भएको आफूलाई महसुस भएको छ - अध्यक्ष, संगत
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ८ को आयोजनामा सम्पन्न दोस्रो वडा अध्यक्ष कप फुटसल प्रतियोगिताको उपाधि अर्चना गुरुमार्गले जितेको छ । फाइनल खेलमा अर्चना गुरुमार्गले सन्ध्या पुस्तकालयलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
उपाधिसँगै अर्चना गुरुमार्गले ट्रफीसहित नगद ५० हजार रुपियाँ प्राप्त गरेको छ भने उपविजेता सन्ध्या पुस्तकालयले २५ हजार रुपियाँ प्राप्त गरेको छ ।
फाइनल खेलको ‘म्यान अफ द म्याच’ अर्चना गुरुमार्गका महेश सेढाइँ घोषित हुनुभयो । प्रतियोगिताको ‘म्यान अफ द टुर्नामेन्ट’ अर्चना गुरुमार्गकै पार्थराज भण्डारी र ‘बेस्ट गोलकिपर’ सञ्जीव तामाङले प्राप्त गर्र्नुभयो । यस्तै सन्ध्या पुस्तकालयका प्रणय थापा ‘हाइ स्कोरर’ बन्नुभयो । प्रतियोगिताको ‘बेस्ट टिम’ को उपाधि गौरीशंकर युवा क्लबले हात पारेको छ ।
प्रतियोगितामा अर्चना गुरुमार्ग, सन्ध्या पुस्तकालय, गौरीशंकर युवा क्लब, नव अमरकान्तेश्वर युवा क्लब, जय वागेश्वरी युवा क्लब र सिर्जनशील युवा क्लब गरी वडाभित्रका ६ टोलीको सहभागिता रहेको थियो । वैशाख १५ गते सुरु भएको प्रतियोगिता २३ गते सकिएको हो ।
प्रतियोगिता समापन अवसरमा विजेता समूह र खेलाडीलाई शिल्ड, प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गर्दै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले, प्रतियोगिताबाट सामाजिक सम्बन्ध थप मजवुत भएको आफूलाई महसुस भएको उल्लेख गर्नुभयो । हामीले उमेर समूह अनुसारका खेलकुदका कार्यक्रमलाई निरन्तरता दिएका छौँ । उहाँको भनाइ थियो ।
युवालाई खेलकुदतर्फ आकर्षित गर्ने, स्वास्थ्य तथा शारीरिक तन्दुरुस्ती प्रवर्धन गर्ने, स्थानीय प्रतिभा पहिचान तथा विकास गर्ने, आपसी सद्भाव र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App