वि.सं.: २०८३, असर २४ बुधबार
इ.स.: 2026 July 8,WEDNESDAY
वि.सं.: २०८३, असर २४ बुधबार
सभामा संशोधनका लागि पेश भएका ऐनका विषयमा असार २५ गते बोलाइएको सभामा छलफल हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिका, नगर सभा १९ औँ अधिवेशनको पाँचौँ वैठकमा चालु आर्थिक वर्षको न्यायिक समितिको प्रतिवेदन, सुशासन समितिको प्रतिवेदन र लेखा समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, न्यायिक समितिको प्रतिवेदन पेश गर्न समितिका सदस्य आशा श्रेष्ठ रौनियारलाई, विकास तथा सुशासन समितिको प्रतिवेदन पेश गर्न संयोजक सिर्जना भेटवाललाई र लेखा समितिको प्रतिवेदन पेश गर्न संयोजक गायत्री पुडासैनीलाई समय प्रदान गर्नुभएको थियो ।
सभामा प्रतिवेदन पेश गर्ने लेखा समिति र सुशासन समिति नगर सभा अन्तर्गतका समिति हुन् ।
सभामा कार्यपालिका अन्तर्गतको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, ‘महानगर प्रहरी ऐन २०८० को दोस्रो संशोधन विधेयक २०८३’ र ‘भवन निर्माण मापदण्ड २०८० को दोस्रो संशोधन २०८३’ सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो ।
नगर सभा १९ औँ अधिवेशनको पाँचौँ वैठक, प्रत्यक्ष प्रसारण भिडियो यहाँ हेर्न सकिन्छ ।
सभाका अध्यक्ष डंगालले, आज पेश भएका वार्षिक प्रतिवेदन, ऐन तथा मापदण्ड संशोधन तथा चौथो वैठकमा पेश भएका ऐन संशोधन सम्बन्धी प्रस्तावमा छलफल गर्न असार २५ गते सभाको अर्को वैठक बोलाउनुभयो । सभाको चौथो बैठकमा पेश भएका ‘जनस्वास्थ्य ऐन २०८० को पहिलो संशोधन २०८३’, ‘शिक्षा ऐन २०७५ को दोस्रो संशोधन २०८३’, ‘विवाद निरुपण (कार्यविधि) ऐन २०७५ को पहिलो संशोधन २०८३’, ‘विपद व्यवस्थापन ऐन २०७७ को पहिलो संशोधन २०८३’ र ‘कर्मचारी सेवा ऐन २०७७ को चौथो संशोधन २०८३’ छलफलका लागि विधायन समितिमा पठाइएको थियो ।
यस वर्ष नगर सभा १९ औँ अधिवेशनका बैठक जेठ ३१ गते सुरु भएको हो । त्यस बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले, आर्थिक वर्ष २०८३/०८४ का लागि ११ क्षेत्रका १०१ बुँदामा नीति प्रस्ताव गर्नुभएको थियो । यसरी पेश गर्नुभएको प्रस्तावमाथि असार १ गते बसेको अधिवेशनको दोस्रो वैठकले सर्वसम्मत पारित गर्यो ।
असार ४ गते बसेको तेस्रो बैठकमा कार्यवाहक प्रमुख डंगोलले, आ. व. २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाका लागि २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपियाँ बजेट प्रस्ताव पेश गर्नुभयो । यही बैठकमा कार्यवाहक प्रमुख डंगोलले, आर्थिक विधेयक तथा विनियोजन विधेयक पेश गर्नुभयो ।
असार १७ गते बसेको अधिवेशनको चौथो वैठकले, यस वर्षका लागि सञ्चित कोषमा व्यय भार पर्ने २५ अरब १३ करोड ३० लाख ५५ हजार रुपियाँ र वाह्य व्यय भार हुने ७५ करोड रुपियाँ गरी २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपियाँ बजेट पारित गर्यो । यस्तै आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित गर्यो । यस बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, जनस्वास्थ्य, शिक्षा, विपद, विवाद निरुपण कार्यविधि ऐन, कर्मचारी सेवा शर्त सम्बन्धी ऐनको संशोधन प्रस्ताव पेश गर्नुभयो ।
न्यायिक समितिका सदस्य आशा श्रेष्ठ रौनियारले, सभामा पेश गर्नुभएको न्यायिक समितिको वार्षिक प्रतिवेदन यहाँ हेर्नुहोस् । असार २५ गतेको बैठकमा प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि पारित गर्न पेश गरिनेछ ।
नगर सभा अन्तर्गतको सुशासन समितिका संयोजक सिर्जना भेटवालले, सभामा पेश गर्नुभएको सुशासन समितिको वार्षिक प्रतिवेदन यहाँ पढ्नुहोस् । असार २५ गतेको बैठकमा प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि पारित गर्न पेश गरिनेछ ।
नगर सभा अन्तर्गतको लेखा समितिका संयोजक गायत्री पुडासैनीले, सभामा पेश गर्नुभएको लेखा समितिको वार्षिक प्रतिवेदन यहाँ पढ्नुहोस् । असार २५ गतेको बैठकमा प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि पारित गर्न पेश गरिनेछ ।








निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App