वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
वडा नं. ३ मा ७१ वटा लिखित विवाद दर्ता भएकोमा ४६ वटामा मेलमिलाप
काठमाडौँ । चालु आर्थिक वर्षभरिमा काठमाडौँ महानगरपालिकाको वडा नं. ३ मा ७१ वटा लिखित विवाद दर्ता भए । यसमध्ये ४६ वटामा मेलमिलाप भयो । ३ वटा न्यायिक समितिमा पठाइएको छ । यसै गरी २२ वटा विचाराधीन छन् ।
आज वडाले आयोजना गरेको न्यायिक संवाद कार्यक्रममा विवादका विषयमा जानकारी दिँदै महिला सञ्जालकी संयोजक सीता थापाले भन्नुभयो, ‘देवानी प्रकृतिका ५० वटा, व्यापारिक ७ वटा, वातावरणीय ६ वटा, पारिवारिक ५ वटा र अन्य ५ वटा विवाद दर्ता भएका हुन् ।’
‘वडामा दर्ता नगरिएको भए यी विवाद या त महानगरपालिकाको न्यायिक समितिमा पुग्थे । या त अदालतमै पुग्थे । वडामा महिला सञ्जालले विवाद निरुपण गर्न थालेपछि महानगरपालिका र अदालतमा विवादको भार कम भएको छ ।’
संवाद कार्यक्रममा प्रस्तुतिकरण गर्दै महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले, मलाई कानुन मन पर्दैन कसैले पनि भन्न नपाउने बताउँदै कानुनका बारेमा सबैले ज्ञान राख्नै पर्ने धारणा व्यक्त गर्नुभयो । न्याय दिँदा व्यक्तिको अवस्थाअनुसार न्यायिक मनको प्रयोग गरेर सकारात्मक विभेद गर्नु पर्ने हुन्छ । उहाँले भन्नुभयो, ‘कानुन जान्यो भने सहुलियत पाउन सकिन्छ । कानुनमा नागरिक दायित्वको सिमा तोकिएको हुन सक्छ । यस्ता सिमाको पालना थाहा पाएर जरिवानाबाट बच्न सकिन्छ ।’
नागरिकको दैनिक जीवनसँग सम्बन्धित कानुनले निर्दिष्ट गरेको व्यवस्था जानकारी गराउन यस प्रकारका संवाद आयोजना गरिएको हो । कार्यक्रममा वडा सदस्य शर्मिला परियारले, वडाबाट सानाभन्दा साना विवादलाई पनि महत्व दिएर समाधान गरिएको जानकारी दिनुभयो ।
न्याय प्राप्तिको प्रारम्भिक चरणमा प्रहरीको भूमिका हुन्छ । कार्यक्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भन्नुभयो, ‘नागरिकले कानुन नबुझेका कारण कहिलेकाहीँ प्रक्रियामा झन्झट हुन सक्छ । यसकारण न्यायिक संवाद जस्ता कार्यक्रमले शान्ति सुरक्षा र अमन चैनमा दीर्घकालीन सकारात्मक प्रभाव राख्छन् ।’
कार्यक्रममा महानगरपालिकासँग सम्बन्धित कानुनी पक्षसँगै नेपाल प्रहरीसँग सम्बन्धित विषयमा सहभागीहरुले प्रश्न तथा जिज्ञासा र सुझाव राख्नुभएको थियो । यी प्रश्नहरुको सञ्जालका संयाजक सीता थापा र प्रहरी वृत्तका प्रमुख अमरबहादुरले जवाफ दिनुभएको थियो ।
वडाका न्यायिक सहजकर्ता रेजिना अर्यालका अनुसार वडामा ५ वटा मौखिक विवाद आएका थिए । यीमध्ये ३ वटा समाधान भइसकेका छन् ।
वडामा गएको बर्ष ३० वटा लिखित विवाद दर्ता भएकोमा २५ वटामा मेलमिलाप भएको थियो । एउटा न्यायिक समितिमा पठाइएको थियो । ४ वटा विचाराधीन थिए । दर्ता भएका विवादमध्ये १६ वटा देवानी प्रकृतिका थिए । यस्तै ५ वटा व्यापारिक, एउटा वातावरणीय, एउटा पारिवारिक र २ वटा अन्य प्रकृतिका विवाद थिए ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App