वि.सं.: २०८२, माघ २६ सोमबार
इ.स.: 2026 February 9,MONDAY
वि.सं.: २०८२, माघ २६ सोमबार
स्वास्थ्य उपकरण खरिद गर्न अनुदान सहयोग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न सहयोग गर्ने भएको छ । महानगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत आज कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा यस सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका तर्फबाट अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गर्नुभयो । महानगरपालिकाको चालु आ. व. को स्वीकृत कार्यक्रमअन्तर्गत मेडिकल उपकरण खरिद अनुदानका लागि सम्झौता गरेको हो । यसका लागि १ करोड रुपियाँ विनियोजन भएको छ ।


सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट अस्पतालले स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने १ थान एनेस्थेसिया मेसिन, २५० केभीएको १ थान जेनेरेटर र ५ सय एम.ए. को १ थान डिजिटल एक्स रे मेसिन खरिद गर्नेछ । खरिद गरिएका उपकरण जडान भएपछि महानगरपालिकाको प्राविधिक टोलीले अनुगमन गर्नेछ । अनुगमन टोलीको प्रतिवेदनपछि प्राप्त बिलबमोजिमको रकम महानगरपालिकाले भुक्तानी गर्नेछ । यो काम आउँदो वर्ष (२०८३ जेष्ठ मसान्त) भित्र सम्पन्न गरिसक्नु पर्नेछ ।

काठमाडाँै महानगरबासी तथा कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने विरामीहरुलाई गुणस्तरीय सहज र सरल उपचार सेवा प्रदान गर्न महानगरपालिकाले सहयोग प्रदान गरेको हो ।
सम्झौता अवसरमा कार्यवाहक प्रमुख डंगोलले, जलनसहितको उपचार प्रदान गरिने अस्पतालको सेवालाई गुणस्तरीय र सहज बनाउने उद्देश्यले अनुदान प्रदान गरिएको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिकाको वडा नं. १४ सँग जोडिएको कीर्तिपुर अस्पतालबाट महानगरबासीले पनि सेवा लिइरहनुभएको छ । यो पालिका-पालिका र पालिका-अस्पताल सम्बन्धको नमूना पनि हो ।’ उहाँले बताउनुभयो ।

त्यस क्रममा शिक्षा स्वास्थ्य समितिका संयोजक महर्जनले, महानगरपालिका आफूले प्रदान गर्नु पर्ने तर अहिलेसम्म नगरिएका सेवाका लागि जसले काम गरिरहनुभएको छ । उहाँहरुको सहकार्यमा सञ्चालन गरिरहेको बताउनुभयो । जलन जस्तो संवेदनशील उपचारका लागि हामीले सेवा भावले सहयोग गरेका हौँ । उहाँको भनाइ छ ।
अस्पताल नाफा कमाएर बाँड्ने नभइ सेवा भावबाट सञ्चालन भएको उल्लेख गर्दै अस्पतालका अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘जलनका विरामीको उपचार कठिन हुन्छ । यसलाई सहज बनाउने महानगरपालिकाबाट निरन्तर सहयोगको अपेक्षा गरेका छौँ ।’
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App