वि.सं.: २०८२, कात्तिक २१ शुक्रबार
इ.स.: 2025 November 7, FRIDAY
वि.सं.: २०८२, कात्तिक २१ शुक्रबार
वडा नं. १ मा न्यायिक संवाद सम्पन्न
काठमाडौँ । विवाद पुन्तान्तरण गरेर, एक पुस्ताको मुद्दा अर्को पुस्तासम्म लैजाने प्रवृत्ति ठिक नभएको बताउँदै, काठमाडौँ महानगरपालिका, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले, विवाद जति छिटो समाधान गर्न सकियो, व्यक्ति, परिवार समाजलाई उत्ति नै लाभ हुने बताउनुभयो । सोमबार वडा नं. १ ले आयोजना गरेको न्यायिक संवाद कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘विवादलाई छिटो समाधान गर्ने कानुनी व्यवस्थाका बारेमा जानकारी दिन वडा वडामा न्यायिक संवाद कार्यक्रम सञ्चालन भइरहेका छन् ।’
त्यस क्रममा उहाँले भन्नुभयो, नागरिकका मर्का सुनुवाइ गर्न आगामी बर्ष हामी न्याय शिविर सञ्चालन गर्ने योजनामा छौँ ।
कार्यक्रममा बोल्दै महिला सञ्जालकी संयोजक रसला तण्डुकारले वडाबासीसँग भन्नुभयो, ‘विवाद नगर्नु सबैभन्दा उत्तम हो । यदि कुनै कारणले विवाद भएर कहाँ जाउँ, कहाँ जाउँ? कसलाई भनौ, कसलाई सुनाऔँ जस्तो भएको छ भने हाम्रामा आउनोस् । हामी तपाईहरुलाई विवाद समाधानमा सहजीकरण गर्नेछौँ ।’
वडामा लेनदेनसहित पारिवारिक विवाद आउने गरेको तण्डुकारले बताउनुभयो । घरभाडा नतिरी भाग्ने मानिसहरुको समस्याले सताएको छ, उहाँले जानकारी दिनुभयो ।
वडामा आएका विवाद वडामै समाधान गर्ने क्षमता राख्छौँ । कार्यक्रममा वडा सचिव सर्वज्ञराज पौडेलले भन्नुभयो, ‘क्षेत्राधिकारभित्रका सबै विवाद हामी मिलाउँछौँ । हामीले न्यायिक समितिमा विवाद पठाउनु पर्छ भन्ने सोचेकै छैनौँ । अदालत त परको कुरा ।’
कार्यक्रममा आफ्नो समस्या सुनाउँदै एक महिलाले भन्नुभयो, ‘मेरो श्रीमान् घर परिवार कसैसँग पनि सन्तुष्ट हुनुहुन्छ । छोराछोरी पनि मन पराउनुहुन्न । मलाई पनि मन पराउनुहुन्न । हामी उहाँलाई गुमाउन चाहँदैनौँ । मलाई समाजको सहयोग चाहियो ।’ यस प्रकारका समस्या सहरमा बढ्दै गएको घटनाहरुले देखाउँछन् ।
यस्ता व्यक्तिगत समस्यालाई महिला सञ्जालको सम्पर्कमा गएर समाधान गर्न सकिने कार्यक्रममा सुझाव दिइएको थियो ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App