Logo
  • वि.सं.: २०८२, मंसिर २३ मंगलबार

  • इ.स.: 2025 December 9,TUESDAY

  • वि.सं.: २०८२, मंसिर २३ मंगलबार

  • दर्ता छैनन्, शिक्षण संस्थामा सञ्चालित क्यान्टिनहरु : स्वच्छता र सरसफाइमा कमजोरी 

    स्वच्छ छैनन् शिक्षण संस्थाका क्यान्टिन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र अनुगमन गरिएका शिक्षण संस्थाका क्यान्टिनहरु व्यवसायका रुपमा कतै पनि दर्ता भेटिएनन् । लैनचौरमा रहेको अमृत साइन्स क्याम्पस, विद्या गृह तथा जनकनाथ स्मृति माध्यमिक विद्यालय, बानेश्वरमा रहेको रत्नराज्य माध्यमिक विद्यालय र शंखमुलमा रहेको केएमसी स्कूलमा गरिएको अनुगमनमा कुनै पनि दर्ता छैनन् । 

    महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले खाद्य सेवाका विभिन्न क्षेत्रहरुको नियमित अनुगमन गरिरहेको छ । अनुगमनमा क्यान्टिनको स्वच्छता, खानाको गुणस्तर, भान्छा व्यवस्थापन, सामानको भण्डारणमा समस्या देखिएको हो । काठमाडौँ महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अधिकृत अनिल बस्नेत भन्नुहुन्छ, ‘अनुगमन गरिएका क्यान्टिनको समग्र स्वच्छता अवस्था दयनीय छ ।’ 

    शिक्षण संस्थाका व्यवस्थापकहरुले सुधार गर्छौँ भन्ने गर्नुभएको छ । आफैँमा नमूना हुनु पर्ने ठाउँ किन भएन प्रश्नको जवाफमा आलटाल गर्ने गर्नुभएको छ । 

    सरसफाइ सामान्य रहेको, तयारी खाद्यवस्तु नछोपी राखेको, खाना तयार गर्ने र भाँडा माझ्ने ठाउँ सँगै साझा समस्या हुन् । यी समस्या सुधारका लागि अनुगमन टोलीले निर्देशन दिने गरेको छ । 

  • प्रकाशित मिति मंगलबार २३ मंसिर २०८२ १२:४४ PM