वि.सं.: २०८३, असोज ४ आइतबार
इ.स.: 2026 September 20,SUNDAY
वि.सं.: २०८३, असोज ४ आइतबार
दोस्रो चरणमा भित्री सहरी क्षेत्रमा गमलामा फूल रोपिनेछन्
काठमाडौँ । काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना 'मेरो रहर, सुन्दर र हरित सहर' कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो ।
आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार अहिले सिंहदरबार अगाडिको भागमा वेगमवेली जातका फूल रोपिएका हुन् । यो फूल पहेलो, रातो, गुलावीलगायत रङमा फुल्छ । फूल फुलाउने कार्यलाई नियमित गराउन गमलाहरु सिमेन्टका राखिएका छन् । किनाराका स्थायी ठुला सिमेन्टका गमलामा विरुवा लगाउने, फूल राप्ने, गोडमेल गर्ने तथा पानी हालेर हुर्काउन वातावरण व्यवस्थापन विभागले काम गरिरहेको छ ।
यसपछि भित्री सहरी क्षेत्रमा गमला राख्दै लगिने योजना रहेको श्रेष्ठको भनाइ छ ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App