वि.सं.: २०८२, माघ २० मंगलबार
इ.स.: 2026 February 3,TUESDAY
वि.सं.: २०८२, माघ २० मंगलबार
आरोही शेर्पालाई सम्मान, दौड प्रतियोगिताका विजेतालाई सम्मान, पदक र प्रमाण पत्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ४ ले वडाको नाम अङ्कित व्यानर सगरमाथामा फहराउने छेपा शेर्पालाई सम्मान गरेको छ । शेर्पाले २०८१ जेठ ८ गते वडाको फ्लेक्स व्यानर सगरमाथामा फहराउनुभएको थियो । उहाँ वडा नं. ४ को स्थायी बासिन्दा हुनुहुन्छ ।
वडास्तरीय दौड प्रतियोगिताको समापन अवसरमा शेर्पालाई सम्मान गरिएको हो । सम्मानका बारेमा जानकारी दिँदै वडाध्यक्ष दिनेश महर्जनले भन्नुभयो, ‘सर्वोच्च शिखरमा वडाको नाम फहराएर शेर्पाले, वडाबासीको पहिचान उच्च बनाउनुभएको छ । यसप्रकारको पहिचान प्रवर्धन गर्ने अवसर थोरैलाई मात्र प्राप्त हुन्छ ।’
‘स्वस्थ्य जीवनका लागि दौड’ नारा राखेर वडास्तरीय दौड प्रतियोगिता सम्पन्न गरेको छ । दौडमा विद्यालयका छात्रछात्रा, खुला महिला पुरुष र भेट्रान समूह बनाइएको थियो । दौडमा विद्यालयका छात्रछात्राका लागि र ५५ वर्ष उमेर समूह माथिका भेट्रान समूहका लागि ३ किलोमिटर र खुला महिला पुरुषका लागि ५ किलोमिटर दुरी राखिएको वडा सचिव श्याम पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगितामा विद्यालयका १२० जना छात्रछात्रा सहभागी हुनुभएको थियो । वडामा सामुदायिक र संस्थागत गरी ३१ वटा विद्यालय छन् । यीमध्ये सामुदायिक ४ वटा विद्यालय छन् । यस्तै खुला महिला पुरुष गरी ९६ र भेट्रान ६८ जनाले भाग लिनुभएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ३ हजार रुपैयाँ र तेस्रो हुनेलाई २ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App