वि.सं.: २०८२, कात्तिक २८ शुक्रबार
इ.स.: 2025 November 14, FRIDAY
वि.सं.: २०८२, कात्तिक २८ शुक्रबार
काठमाडौं - काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले महानगरक्षेत्र भित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई डिएचआईएस टु (DHIS2) प्रणालीको युजरनेम र पासवर्ड लिनका लागि अनुरोध गरेको छ। स्वास्थ्य विभागले महानगरक्षेत्रमा रहेका ३६१ वटा सामुदायिक तथा संस्थागत स्वास्थ्य संस्थाहरूलाई यो सुविधा उपलब्ध गराउन युजरनेम र पासवर्ड प्रदान गरेको हो।
स्वास्थ्य विभागले जारी गरेको सूचनामा भनिएको छ, “काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको मासिक प्रतिवेदन स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) मार्फत संकलन हुँदै आएकोमा अब यो प्रक्रियालाई अनलाइन प्रणाली (DHIS2) मा रूपान्तरण गर्न लागिएको छ। यसका लागि स्वास्थ्य संस्थाहरूले आफ्नो सञ्चालन इजाजत पत्रको प्रतिलिपि र जिम्मेवार व्यक्तिको नागरिकताको प्रतिलिपि सहित यथाशीघ्र महानगरपालिकाको स्वास्थ्य विभागमा सम्पर्क गर्न अनुरोध छ।”

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार, यो प्रणालीले स्वास्थ्य संस्थाहरूको मासिक प्रतिवेदनलाई अनलाइनमार्फत व्यवस्थित र प्रभावकारी बनाउनेछ। “पहिले HMIS 9.4 मार्फत स्वास्थ्य संस्थाहरूले आफ्नो मासिक प्रतिवेदन जिल्ला जनस्वास्थ्य कार्यालयमा बुझाउनु हुन्थ्यो । संघीयता लागू भएपछि यो जिम्मेवारी स्थानीय तहमा आएको छ,” उनले भने। “तर, हाम्रोमा तथ्यांक व्यवस्थापनका लागि फोकल पर्सनको अभाव छ। त्यसैले स्वास्थ्य संस्थाहरूलाई नै युजर आइडी र पासवर्ड दिएर अनलाइनमार्फत डाटा प्रविष्टि गर्न लगाउने योजना हो।”
श्रोष्ठ थप्नु हुन्छ, “यो प्रणालीले सामुदायिक र निजी दुवै खालका स्वास्थ्य संस्थाहरूको प्रतिवेदन समयमै प्राप्त गर्न सहयोग गर्छ। विशेषगरी निजी स्वास्थ्य संस्थाहरूको डाटा संकलनमा कमी देखिएको छ, जसले गर्दा महानगरपालिकाको समग्र स्वास्थ्य प्रतिवेदन प्रभावित भएको छ।”
जनस्वास्थ्य निरीक्षक श्रेष्ठले स्वास्थ्य डाटाको महत्वबारे प्रष्ट पार्दै भन्नु भयो, “यो प्रणालीले कस्ता रोगहरू बढ्दै छन्, कुन पोलिक्लिनिकमा कस्ता बिरामीको उपचार भइरहेको छ, रोगको प्रवृत्ति कस्तो छ भन्ने कुरा पत्ता लगाउन सहयोग गर्छ। उदाहरणका लागि, पहिले संक्रामक रोगहरूको जोखिम बढी थियो, तर अहिले गैरसंक्रामक दिर्घ रोगहरू (जस्तै उच्चरक्तचाप, मुटु रोग, मधुमेह) बढ्दै छन्। यस्तो डाटाले हामीलाई स्वास्थ्य क्षेत्रमा कस्तो लगानी आवश्यक छ, कुन क्षेत्रमा ध्यान दिनुपर्छ भन्ने कुरा निर्धारण गर्न सघाउँछ।”
बहाँले थप जोड दिँदै भन्नु भयो, “महानगरमा ३३ वटा सरकारी स्वास्थ्य संस्थाहरूले नियमित रूपमा सतप्रतिशत प्रतिवेदन बुझाइरहेका छन्। तर ठूलो संख्यामा रहेका निजी स्वास्थ्य संस्थाहरूको डाटा समयमै नआउँदा समग्र स्वास्थ्य अवस्थाको विश्लेषण गर्न कठिनाइ भएको छ। यदि सबै संस्थाले समयमै प्रतिवेदन बुझाए भने हामीले रोगहरू पहिचान गर्न, स्वास्थ्य लगानीलाई प्राथमिकीकरण गर्न र प्रिवेन्टिभ, प्रोमोटिभ, क्युरेटिभ तथा रिहाबिलिटेटिभ क्षेत्रमा ध्यान केन्द्रित गर्न सक्छौं।”
महानगरपालिकाले सबै स्वास्थ्य संस्थाहरूलाई अर्को महिनाको १५ गतेभित्र आफ्नो युजरनेम र पासवर्ड लिई DHIS2 प्रणालीमा नियमित प्रतिवेदन बुझाउन आह्वान गरेको छ। यसले महानगरपालिकाको स्वास्थ्य तथ्यांकलाई व्यवस्थित, पारदर्शी र समयसापेक्ष बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको विभागको भनाइ छ ।
स्वास्थ्य विभागले स्वास्थ्य संस्थाहरूलाई कागजातसहित छिटोभन्दा छिटो सम्पर्कमा आउन र यो प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्न अनुरोध गरेको छ। थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा सम्पर्क गर्न सकिनेछ।
स्वास्थ्य संस्थाको सूची
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App