वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
इ.स.: 2025 October 30,THRUSDAY
वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
३० औँ महानगर दिवसको सन्दर्भ पारेर पत्रकार भेटघाट कार्यक्रम आयोजना
 
                        काठमाडौँ । महानगर दिवसका विगत कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष संगीत कलाका कार्यक्रममा प्रस्तुति थप गरिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिनुभयो । ३० औँ महानगर दिवसका अवसरमा आयोजना हुने कार्यक्रमका बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले, दिवसको औपचारिक कार्यक्रम मंसिर २९ गते सैनिक मञ्चमा र सांगीतिक कार्यक्रम टुँडिखेल मैदानमा आयोजना हुने जानकारी दिनुभएको हो ।
औपचारिक कार्यक्रम विहान ८ बजेबाट सुरु हुनेछ । सांगीतिक कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुनेछ । दिउँसो सांगीतिक कार्यक्रम हुने ठाउँमा विहान ९ बजेदेखि मौलिक खाना तथा पेय पदार्थका स्टल राखिनेछन् । एक वडा एक नमूना उद्यम कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी पनि विहान ९ बजेबाट नै सुरु हुनेछ । उहाँले, मूल समारोह समितिबाट भएको निर्णयका बारेमा जानकारी दिँदै भन्नुभयो, ‘सांगीतिक कार्यक्रमसँगै औपचारिक कार्यक्रममा सवै वडाका सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्तित्व र परम्परागत गुरु सम्मान गरिनेछ । यस्तै जनप्रतिनिधि र कर्मचारी मैत्री फुटबल खेल हुनेछ । विद्यालयमा विद्यार्थी स्तरीय हाजिरी जवाफ प्रतियोगिता र शिक्षक स्तरीय कविता प्रतियोगिता यस वर्षका मुख्य कार्यक्रम हुन् ।’
उहाँका अनुसार मैत्रीपूर्ण फुटबल खेल मंसिर २७ गते सैनिक मुख्यालयको फुटबल ग्राउण्डमा हुनेछ । गुरु सम्मान र विद्यालय स्तरीय कार्यक्रमको पुरस्कार वितरणा मैसिर २८ गते हुनेछ ।
यस वर्ष महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मुल समारोह समिति गठन भएको छ । समितिका सदस्यहरुमा उपप्रमुख सुनिता डंगोल र विषयगत समितिका संयोजकहरु हुनुहुन्छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सदस्य सचिव हुनुहुन्छ ।
सांगीतिक कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, एकदेव लिम्बू, सुगम पोखरेल एण्ड बाजागाजा व्याण्ड, केहर लिम्बू एण्ड जोय व्याण्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्टसहित कलाकारको प्रस्तुति हुनेछ ।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।
 
 निशुल्क उपचार सहजिकरण सेवा
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                         फोहरमैला व्यवस्थापन प्रणाली
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                         पार्किङ्ग व्यवस्थापन प्रणाली
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                         Intern आवेदन प्रणाली
                        Intern आवेदन प्रणाली
                    
                                    
                         KMC Mobile App
                        KMC Mobile App
                    
                                    
                         इजलास व्यवस्थापन प्रणाली
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                         विद्युतीय नक्शा पास प्रणाली
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                         बिपद् सूचना ब्यवस्थापन प्रणाली
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                         सहकारी व्यवस्थापन प्रणाली
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                         बोलपत्र आवहन प्रणाली
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                         घटना दर्ता नागरिक सेवा
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                         राजश्व भुक्तानी प्रणाली
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                         KMC Smart Toilet
                        KMC Smart Toilet
                    
                                    
                         Metro Mart
                        Metro Mart
                    
                                    
                         KMC Parking  App
                        KMC Parking  App