वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
महानगरपालिकाले पार्टनरसिप फर हेल्दीज सिटीज परियोजनासँगको सहकार्यमा विद्यालयस्तरीय कार्यक्रम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले फालिएका बस्तु संकलन गरेर कलाकृति र सिर्जनात्मक नमूनाहरु बनाएका छन् । विश्व वातावरण दिवसको अवसर पारेर महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शिक्षा विभाग र पार्टनरसिप फर हेल्दी सिटीज परियोजनासँगको सहकार्यमा ‘वन्डर अफ वेस्ट’ शीर्षकमा प्रतियोगिता आयोजना गरेको हो । कार्यक्रममा ५९ वटा विद्यालयका विद्यार्थीहरुले घरमा फालिएका, विद्यालयमा फालिएका पुनःप्रयोगीय वस्तु संकलन गरेर कलाकृति बनाएका हुन् । जसमध्ये ५६ वटा विद्यालयले अन्तिम प्रतियोगितामा सहभागिता जनाएका थिए ।
७ अवधि चलेको सामग्री बनाउने अवधिमा विद्यालय स्तरमा भएको प्रतिस्पर्धाका बिजेता २ जनालाई एउटा समूह बनाएर विद्यालयहरुले अन्तिम प्रतिस्पर्धामा पठाएका थिए ।
उनीहरुले कागज, प्लाष्टिक, कार्ड बोर्ड, फुटेका कप, प्लेट, विजुलीका बल्बजस्ता सामान भेला गरेर बिज्ञानका मोडल, सहरी व्यवस्थापनको मोडल, फोहर व्यवस्थापनका राम्रा र गलत अभ्यासको तुलना, सजावटका सामान, धरहरा, पृथ्वी जस्ता संरचना तयार पारेका हुन् । यसरी तयार पारिएका सामग्री बुधबार राष्ट्रिय सभा गृहमा प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा राखिएका बस्तु तथा सामग्रीहरुलाई वातावरण, पर्यावरण र कलाका कोणबाट मूल्याङ्कन गरिएको थियो ।
यसबाट पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयले प्रथम स्थान हासिल ग¥यो । यस्तै शान्ति शिक्षा मन्दिरले दोस्रो र केन्द्रीय बहिरा विद्यालयले तेस्रो स्थान हासिल गरे । प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले विजेता विद्यार्थीहरुलाई पुरस्कृत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले, वातावरणीय स्वच्छता कायम गर्न सरकारसँगै आम नागरिक र सरोकारवालाले समान रुपमा दायित्व पूरा गर्नु पर्ने धारणा राख्नुभयो ।
‘सप्ताहव्यापी कार्यक्रमबाट विद्यार्थीहरुमा नवप्रवर्ततमा आधारित सोचप्रति उत्साहित गरेको छ । फालिएका बस्तुबाट सिर्जनात्मक वस्तु तथा सामग्री उत्पादन गर्न सकिने सन्देश दिएको छ ।’ राईले यो देखेपछि कार्यक्रमको उद्देश्य पूरा भएको महसुस गरेको अनुभूति सुनाउनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघका अध्यक्ष शशी शर्मा मजगैयाँले, एकजनाले फोहर मानेर फालेको बस्तु अर्को जनाका लागि काममा आउन सक्छ । वस्तुको एउटा प्रयोजन सकिए पनि उपभोगका अवसरहरु बाँकी नै रहन्छन् । यसकारण बस्तुलाई फोहर मानेन भने फोहर नै नहुने धारणा राख्दै विद्यालयहरुमा यही चेतना प्रवाहका लागि कार्यक्रम आयोजना गरिएको धारणा राख्नुभयो ।
पार्टनरसिप फर हेल्दी परियोजना काठमाडौँका परियोजना प्रमुख सञ्जीव पाण्डेले, यस वर्ष वातावरण दिवसका अवसरमा सञ्चालन गरिएको प्लाष्टिक उपयोग न्यूनीकरण गर्ने विश्वव्यापी अभियानमा यसले योगदान दिएको उल्लेख गर्नुभयो ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App