Logo
  • वि.सं.: २०८३, असोज २५ आइतबार​

  • इ.स.: 2026 October 11,SUNDAY

  • वि.सं.: २०८३, असोज २५ आइतबार​

  • वडाभित्रका संस्कार, संस्कृति र उत्पादनको प्रवर्धनसँगै स्थानीयबासीको आय वढाउन महोत्सव आयोजना - वडाध्यक्ष, महर्जन

    जेठ ३० गते शुक्रबार मध्यान्न १ बजेदेखि महोत्सव सुरु : साढे ६ बजे कुटुम्ब व्याण्डको प्रस्तुति

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २३ को आयोजनामा भोलि जेठ ३० गते शुक्रबार धर्मपथ महोत्सव आयोजना हुने भएको छ । वडाभित्रका मौलिक चालचलन, रहनसहन, बादन, गायन, नृत्यलगायत गुथि, खच, पुचले परम्पराका रुपमा मानेका, आफ्नै प्रयत्नले पनि धानेका सम्पदाको प्रवर्धनका लागि मेला आयोजना गरिएको वडाध्यक्ष मचाराजा महर्जनले जानकारी दिनुभयो । महोत्सव स्थल धर्मपथ हो । 

    ‘गुथिले नियमित चलाएका चलनसँगै यस्ता अमूर्त सम्पदाको संरक्षणका लागि वडाको सहयोगमा सांस्कृतिक प्रशिक्षण सञ्चालन भएका छन् । प्रशिक्षणबाट बादन, गायन, नृत्यलगायत सिप प्रदान भएको छ । मेलामा यी सिप प्रदर्शन हुनेछन् ।’ महर्जन भन्नुहुन्छ, ‘स्थानीय उत्पादन वृद्धिका लागि वडाले प्रदान गरेको सिपमूलक तथा व्यवसायिक तालिमबाट उत्पादित बस्तुको बजारीकरणका लागि पनि मेला आयोजना गरिएको हो ।’ 

    मेलामा सांस्कृतिक कार्यक्रमसँगै, स्वास्थ्य परीक्षण शिविर, स्थानीय तथा मौलिक खाद्य परिकारका स्टल, स्थानीय उत्पादनमा हस्तकला तथा परम्परागत वस्तु तथा सामानको स्टल रहनेछ । दिउँसो १ बजेबाट सुरु गरिने मेलाअन्तर्गत अपरान्ह साढे ४ बजेदेखि साढे ६ बजेसम्म स्थानीय गुथि, खल, पुचका कलाकारको प्रस्तुति रहनेछ । त्यसपछि कुटुम्ब व्याण्डले प्रस्तुति दिनेछ । 

    मेलाबाट वडाभित्रका अमूर्त सांस्कृतिक सम्पदाको पुस्तान्तरणमा सहयोग हुने, मौलिकता पहिचान प्रवर्धन हुने, स्थानीय आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमा योगदान हुने, स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा रहेको वडाध्यक्ष महर्जनको भनाइ छ ।  
     

  • प्रकाशित मिति बिहीबार २९ जेठ २०८२ ०७:०४ PM