वि.सं.: २०८२, माघ २९ बिहीबार
इ.स.: 2026 February 12,THRUSDAY
वि.सं.: २०८२, माघ २९ बिहीबार
महानगरका कर्मचारीको सहकारीमा ४३५ शेयर सदस्य २ करोड ९७ लाख ७० हजार बचत
काठमाडौं । महानगर कर्मचारी वचत तथा सहकारी सस्था लिमिटेडले आ. व. २०७४/०७५ को असार मसान्तसम्ममा २ करोड ९७ लाख ७० हजार रकम संकलन गरेको छ । गएको बर्ष अर्थात् २०७३/०७४ को अन्त्यसम्ममा २ करोड ३९ लाख १७ हजार ८१३ रुपैयाँ संकलन गरेको थियो । १ करोड १६ लाख ३१ हजार कर्जा असुली गरेको सहकारीले ३ करोड ६९ लाख २४ हजार रुपैयाँ लगानी गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभा कक्षमा सम्पन्न सहकारीको दशौं बार्षिक साधारण सभामा अध्यक्ष यादव घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदनले यो अङ्क देखाएको हो ।
साधारण सभामा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले, सेवापछिको जीवनलाई व्यवस्थित गर्न अहिलेको बचतले सहयोग पुग्ने विश्वाश व्यक्त गर्नुभयो । सहरकारीमा आवद्ध जोकोहीले पनि धेरै थोरै रकम बचत गर्न सक्छन् । यसबाट ग्रामीण क्षेत्रका मानिसले त लाभ लिएका छन्, महानगरका कर्मचारी लाभान्वित नहुने कुरै हुँदैन, कोइसालाको भनाइ थियो ।
सभामा सचिव उत्तम दाहालले प्रस्तुत गर्नुभएको कार्यसमितिको प्रतिवेदनसहित लेखा समिति र स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो । त्यस्तै महानगरको सेवाबाट निवृत्त भएर सहकारीबाट बाहिरिने ५ जना शेयर सदस्यलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने कर्मचारीमा दूर्गादेवी श्रेष्ठ, गणेश पौडेल, हेम खड्का, बल्लभमणि गौत्तम र हेमप्रसाद पौडेल हुनुहुन्छ ।
२०६५ सालमा ४५ जना कर्मचारीहरुबाट सुरु गरिएको सहरकारीले शेयर सदस्य कर्मचारीको तलवबाट मासिक २ हजार रुपैयाँका दरले काटेर खातामा जम्मा गर्ने गरेको छ । यो रकम शुरुवात्मा ५ सय रुपैयाँ थियो । त्यसपछि १ हजार रुपैयाँ र २०७४ साल पुष महिनादेखि २ हजार रुपैयाँ काटेर जम्मा गर्न थालिएको हो । सहकारीले शेयर सदस्यहरुलाई ऋणबाहेक औषधि उपचार, परिवहन, सञ्चार, किरिया खर्चलगायतका सुविधा उपलब्ध गराउँदै आएको छ ।
संस्थामा सञ्चालक समितिसहित लेखा, कोष परिचालन सुझाव र सल्लाहकार गरी ४ वटा समिति छन् भने ऋण, शिक्षा र पदपूर्ति गरी ३ वटा उपसमिति छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App