Logo
  • वि.सं.: २०८२, पुस २९ मंगलबार

  • इ.स.: 2026 January 13,TUESDAY

  • वि.सं.: २०८२, पुस २९ मंगलबार

  • लक्षित कार्यक्रमका लागि ३३ वटा सामाजिक संस्थाहरुबाट प्रस्ताव पेश : १ करोड २० लाख रुपियाँ बजेट 

    अपाङ्गताका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुबाट प्रस्ताव आउने क्रम जारी 

    काठमाडौँ । लक्षित वर्गको कार्यक्रम सहयोग अन्तर्गत महानगरपालिकाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा संघसंस्थाले आवेदन दिएका छन् । विभागले विभिन्न मितिमा आव्हान गरेको सार्वजनिक सूचनाबाट ३० प्रतिशत लागत सहभागिता जनाउने गरी ती संघसंस्थाहरुले प्रस्ताव पेश गरेका हुन् । पुस २२ गते अपाङ्गताका क्षेत्रमा काम गर्ने संघसंस्थाको प्रस्ताव आव्हान गरिएको छ । १५ दिन अवधि भएकोले यस क्षेत्रमा काम गर्नेहरुले आवेदन दिन बाँकी नै छ । 

    विभागले मंसिर ११ गते सार्वजनिक सूचना प्रकाशन गर्दै, ज्येष्ठ नागरिकका लागि काम गर्ने संघसंस्थाहरुसँग प्रस्ताव माग गरेको थियो । ९ वटा संघसंस्थाको प्रस्ताव पेश भएको यस क्षेत्रको सहयोगका लागि २० लाख रुपियाँ विनियोजित बजेट छ । १५ गते अटिजम सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्य गर्ने संघसंस्थाका लागि सूचना प्रकाशन गरिएको थियो । यस क्षेत्रमा सहयोग गर्न २० लाख रुपियाँ छ । सहयोग प्राप्त गर्न ६ वटा संघसंस्थाको प्रस्ताव परेको छ । २० लाख रुपियाँ लैंङ्गिक तथा यौनिक अल्सड्ख्यक (एलजीवीटीक्युआइ) का लागि सहयोग रकम विनियोजन भएको क्षेत्रका लागि १७ गते सार्वजनिक सूचना प्रकाशन भएको थियो । यस क्षेत्रमा काम गर्न ८ वटा संघसंस्थाको प्रस्ताव परेको छ । 

    पुस १ गते डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी, मस्कुलर डिस्ट्रोफी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रम गर्ने संघसंस्थासँग प्रस्ताव माग गरिएको थियो । ३० लाख रुपियाँ बजेट विनियोजन भएको यस क्षेत्रमा काम गर्न १० वटा संघसंस्थाको प्रस्ताव पेश भएको छ । 

    विभागका प्रमुख समीक्षा निरौलाका अनुसार ३० प्रतिशत लागत सहभागिता संस्था आफैँले व्यहार्ने गरी प्रस्ताव पेश भएको हो । यसमा कम सहयोग प्रस्ताव गर्नेले ३ लाख ५० हजार रुपियाँ र धेरै सहयोग प्रस्ताव पेश गर्नेले ८१ लाख रुपियाँसम्मको आवेदन परेको छ । 

    प्रस्ताव पेश गर्नेहरुबाट गरिने प्रस्तुतिकरणमा विगतमा गरेका काम र प्राप्त नतिजा, संस्थाको क्षमता, कामको प्रकृति, आवश्यकता लगायत सूचकका आधारमा अङ्क प्रदान गरेर सहयोग रकम प्रदान सम्बन्धी निर्णय प्रक्रिया अगाडि बढाइने निरौलाको भनाइ छ ।  

  • प्रकाशित मिति मंगलबार २९ पुस २०८२ ०७:१४ PM