वि.सं.: २०८२, चैत १७ मंगलबार
इ.स.: 2026 March 31,TUESDAY
वि.सं.: २०८२, चैत १७ मंगलबार
मञ्च सजावट तथा व्यवस्थापन उपसमितिको वैठक
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा फागुन ६ गते साँझ काठमाडौँको माइतीघर मण्डलामा काठमाडौँ महानगरपालिकाले सहिदहरुको स्मृतिमा दीप प्रज्वलन गर्ने निर्णय गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा बसेको मञ्च सजावट तथा व्यवस्थापन उपसमितिको बैठकले प्रजातन्त्र प्राप्त गर्न, सुशासन कायम गराउन, भ्रष्टाचार अन्त्य गराउन र जवाफदेही सरकारका लागि खवरदारी गर्ने क्रममा विभिन्न काल खण्डमा सहादत प्राप्त गर्ने सहिदहरुको स्मृतिमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
दिवसको सन्दर्भ पारेर फागुन ६, ७ र ८ गते हुने कार्यक्रमअन्तर्गत मूल समारोहको मञ्च व्यवस्थापन तथा सजावटका विषयमा छलफल गर्दै बैठकले, नेपाली सेनालाई काठमाडौँ महानगरपालिकाले, हेलिकप्टरबाट पुष्पवृष्टिका लागि आवश्यक पर्ने फूल, प्रदर्शन गरिने प्रजातन्त्र दिवस २०८२ अङ्कित व्यानर, शान्तिको प्रतीकका रुपमा उडाइने ६ जोर परेवा, आकाशमा उडाउने १ हजार थान बेलुन उपलब्ध गराउने निर्णय भएको गुरागाईँले जानकारी दिनुभयो ।
विशिष्ट कक्षतर्फ बस्नका लागि १ हजार वटा र सर्वसाधारणा बस्नका लागि ३ हजार वटा कुर्सी महानगरपालिकाले व्यवस्था गर्नेछ । यस्तै सर्वसाधारणलाई पिउने पानीको प्रबन्ध, कार्यक्रम सञ्चालनका लागि साउण्ड सिस्टम, सैनिक मञ्च वरिपरि सरसफाइ गर्ने, कार्यक्रम स्थलमा पानी छर्किएर धुलो नउड्ने बनाउने, कार्यक्रम अवधिभर दमकल सेवा तैनाथ राख्ने व्यवस्थापन महानगरपालिकाले गर्नेछ ।
फागुन ६, ७ र ८ गते सरकारी कार्यालयको छत, बरन्डा र परिसरमा मर्यादापूर्वक राष्ट्रिय झण्डा फहराउने र दीप प्रज्वलन गर्ने उपसमितिले निर्णय गरेको छ । प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार कार्यालयमा गरिने दीप प्रज्वलनमा कार्यालयका अधिकारीहरुलाई जिम्मेवार बनाइएको छ । माइती घर मण्डलामा हुने दीप प्रज्वलनमा सर्वसाधारण समेत सहभागी हुन सक्नुहुनेछ ।
यससँगै मूल समारोहका दिन सैनिक मञ्चमा प्रदर्शन गरिने झाँकीका लागि उपत्यकाका नगरपालिकाहरुसँग काठमाडौँले समन्वय गर्ने वैठकमा निर्णय भएको छ ।
जहानियाँ शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापना भएको दिन २००७ साल फागुन ७ गतेको स्मृतिमा हरेक वर्ष यसै दिन प्रजातन्त्र मनाइँदै आएको छ ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App