वि.सं.: २०८२, फागुन २९ शुक्रबार
इ.स.: 2026 March 13, FRIDAY
वि.सं.: २०८२, फागुन २९ शुक्रबार
आज सानो गौचरन स्टेडियम र स्केट वोर्ड पार्कको अनुगमन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले, सार्वजनिक पूर्वाधार निर्माणको डिजाइनबाट नै अपाङ्गता भएका व्यक्ति र महिलाहरुको पहुँचलाई ध्यान दिनुपर्ने बताउनुभएको छ । आज वडा नम्बर ५ भित्रका निर्माणाधीन पूर्वाधार योजनामध्ये सानो गौचरन स्टेडियम र स्केटवोर्ड पार्कको अनुगमन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । सानो गौचरन स्टेडियममा अपाङ्गता भएका व्यक्तिहरुका लागि संरचना नदेखेपछि उहाँले भन्नुभयो, ‘लिफ्ट राखेर अपाङ्गता भएका व्यक्तिहरुलाई प्याराफिटसम्म पुग्ने वातावरण बनाउनुहोला ।’
अहिलेसम्म स्टेडियमको ७५ प्रतिशत भौतिक प्रगति र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ ।
सानो गौचरन स्टेडियम निर्माणका लागि २२ करोड ९५ लाख ९३ हजार ९९९ रुपियाँ लागत अनुमान गरिएकोमा बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपियाँमा शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको काम गरिरहेको छ ।
रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण भइरहेको हो । यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ । स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल निर्माण गरिएकोछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र
पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् । एउटा अपाङ्गता भएका व्यक्तिका लागि शौचालय हुनेछ । स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् ।
आउँदो चैत मसान्तभित्र स्टेडियम निर्माण सम्पन्न भइसक्नु पर्नेछ ।
३ हजार ७६० वर्गमिटर क्षेत्रफलमा स्केट बोर्ड पार्क निर्माण हुँदैछ । यहाँ २ हजार २५० वर्गमिटर क्षेत्रफलमा स्केट बोर्ड निर्माण हुनेछ । स्केट बोल र रोलर स्केटिङ् यसका मुख्य अङ्ग हुन् । यससँगै बास्केटवल कोर्ट, भलिवल कोर्ट र एम्पिथियटर निर्माण हुनेछ । यसको सम्झौता रकम ६ करोड ७० लाख ९७ हजार ४६१ रुपियाँ हो । २०८१ जेठ ३२ गते कार्यादेश दिइएको परियोजना सानु सुवाल पवन जेभीले कार्यान्वयन गरिरहेको छ ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App