वि.सं.: २०८२, चैत ३० सोमबार
इ.स.: 2026 April 13,MONDAY
वि.सं.: २०८२, चैत ३० सोमबार
शारीरिक, तन्दुरुस्ती र सिप परीक्षण प्रयोगात्मक परीक्षा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २३ जना अग्नि नियन्त्रक र १९ जना हलुका सवारी चालकको पदपूर्ति गरिरहेको छ । २०८२ कार्तिक २० गते सार्वजनिक सूचना प्रकाशन गरेपछि प्राप्त भएका आवेदकहरुको अहिले शारीरिक, तन्दुरुस्ती र सिप परीक्षण भइरहेको छ ।
हलुका सवारी चालकका लागि ४१७ जना आवेदकले फाराम भर्नुभएको छ । उहाँहरुमध्ये २ जना महिला हुनुहुन्छ । उहाँहरुमध्ये दैनिक २८ जना गरेर टेकुमा स्वास्थ्य परीक्षण र सिप परीक्षण भइरहेको पदपूर्ति समितिका संयोजक एवं प्रशासन विभागका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । चैत २६ गतेदेखि सुरु भएको परीक्षण बैशाख ११ गतेसम्म सञ्चालन हुनेछ ।
अग्नि नियन्त्रक (फायर फाइटर) का लागि १२९ जनाको आवेदन परेको छ । उहाँहरुमध्ये ४२ जनाको आवेदन स्वीकृत भएको छ । आज दशरथ रंगशालामा भएको प्रारम्भिक स्वास्थ्य परीक्षण र तन्दुरुस्तीमा ३४ जना उम्मेदवार उपस्थित हुनुहुन्थ्यो ।
पदपूर्ति समितिका संयोजक एवं प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलसँग सहकार्य गरिएको छ । उहाँ भन्नुहुन्छ, ‘हलुका सवारी चालकको परीक्षणको जिम्मेवारी ट्राफिक प्रहरीलाई र अग्नि नियन्त्रक परीक्षणको जिम्मेवारी सशस्त्र प्ररी बललाई दिएका छौँ । पदपूर्तिको सूचना हामीले प्रकाशन गरेका हौँ । उहाँहरुले आफ्नो मापदण्ड अनुसार छनोट प्रक्रिया सञ्चालन गरिरहनु भएको छ ।’
काफ्लेको संयोजकत्वमा गठित पदपूर्ति समितिमा मानव संशासन महाशाखा प्रमुख सृजुमैया प्रधान र महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी सदस्य हुनुहुन्छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App