वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
खेलकुदमार्फत सहरी जीवन पद्धतिमा सुधार र सामाजिक सद्भावको सन्देश दिने उद्देश्य हो - वडाध्यक्ष तिवारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ ले जिल्लाव्यापी वृहत खेलकुद कार्यक्रम आयोजना गर्ने भएको छ । असार १ गते सुरु हुने खेल असार ८ गते सकिनेछन् । आज वडामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर वडाध्यक्ष ख्यामराज तिवारीले खेल कार्यक्रमका विषयमा जानकारी गराउनुभयो । प्रतियोगितामा फुटसल, टेवुलटेनिस, तेक्वान्दो र कराँतेका २ विधा गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ । खेलमा महानगरपालिकाका सबै वडासहित जिल्लाका सबै स्थानीय तहबाट खेलाडीले भाग लिन पाउनेछन् ।
‘खेलमार्फत सहरी जीवन पद्धतिमा सुधारको सन्देश दिन खोजेका छौँ ।’ वडाध्यक्ष तिवारीले भन्नुभयो, ‘विकास भन्नेवित्तिकै पूर्वाधार निर्माणको चित्र आउँछ । पूर्वाधार निर्माण विकासको एउटा पाटो हो । यससँगै आर्थिक, सामाजिक, सांस्कृतिक, खेलकुदलगायतका पक्षको विकास अपरिहार्य हुन्छ । यी सवै पक्षको सन्तुलनले मात्र समृद्ध समाज निर्माण हुन्छ । यसकारण हामीले खेल क्षेत्रमा लगानी गरेका छौँ ।’ उहाँले थप्दै भन्नुभयो, ‘वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल लगायत खेलका लागि पूर्वाधार उपलब्ध छ । खेलका विविध क्रियाकलापमार्फत पूर्वाधारको उपयोगका लागि हामीले यस वर्ष ३५ लाख रुपैयाँ विनियोजन गरेका थियौँ । त्यो योजना अहिले कार्यान्वयनमा ल्याएका हौँ ।
प्रतियोगिताअन्तर्गत फुटसल विधामा पुरुषहरुका बिच प्रतिस्पर्धा गराइनेछ । नकआउटका आधारमा खेलाइने खेलमा प्रथम हुने टोलीलाई १ लाख ५० हजार रुपैयाँ, उपविजेता टीमलाई ७५ हजार रुपैयाँ नगदसहित पुरस्कार, ट्रफी र प्रमाण पत्र प्रदान गरिने प्रतियोगिताका संयोजक एवम् वडा सदस्य प्रवेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक १० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।
तेक्वान्दो प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो टीमलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ । उत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिनेछ । महिला तथा पुरुष टेबुल टेनिसतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ ।
यस्तै, फुल कन्ट्याक्ट क्योकुसिन कराँते (आइ. के. यु) तौल समूहमा खेलाइनेछ । यो पुरुषहरुका बिच प्रतिस्पर्धा हुनेछ । यसमा पहिलो, दोस्रो र तेस्रो हुने टीमलाई क्रमशः १० हजार, ८ हजार, ६ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ । सान्त्वाना पुरस्कारमा ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ ।
डब्लु. के. एफ. कराँते प्रतियोगिता महिला खेलाडीहरुका बिचमा हुनेछ । यसमा एकल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ । यस्तै टीम विजेता पहिलो दोस्रो र तेस्रोलाई क्रमशः ५० हजार, २५ हजार र २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App