वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
आउँदो शुक्रबार फाइनल खेल हुने तालिका
काठमाडौँ । कीर्तिपुर नगरपालिकालाई ३-० ले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको फुटबल टीम ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को फाइनलमा प्रवेश गरेको छ । गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा हिजो (बुधबार) भएको खेलमा महानगरपालिका लागि राजकुमार पौडेलले पहिलो गोल र त्यसपछि मनिष सेढाईँले लगातार २ गोल गर्नुभएको थियो । महानगरपालिका ‘समूह बी’बाट र कीर्तिपुर ‘समूह डी’बाट सेमिफाइनल खेलमा पुगेका थिए ।
सेमिफाइनलको अर्को खेल आज ‘समूह ए’ र ‘समूह सी’ का विजेताहरु आयोजक गोदावरी नगरपालिका र काठमाडौँको दक्षिणकाली नगरपालिका बिच हुँदैछ ।
भोलि आयोजक गोदावरी र काठमाडौँको दक्षिणकाली नगरपालिकाबिच खेल सेमिफाइनल खेल हुँदैछ । यस खेलका विजेता टीम र काठमाडौँ महानगरपालिकाको टीमबिच आउँदो शुक्रबार फाइनल खेल हुने तालिका छ ।
गोदावरी उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत महानगरपालिकाको पहिलो खेल चाँगुनारायण नगरपालिकासँग भएको थियो । यस खेलमा चाँगुनारायणलाई महानगरपालिकाले ५-० गोलले पराजित गरेको थियो । यस खेलमा राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले महानगरपालिकाका लागि १/१ गोल दिलाउनुभएको थियो । 'समूह बी' मा रहेको महानगरपालिकाले दोस्रो खेल मध्यपुर थिमीसँग खेलेको थियो । यस खेलमा सरोज तामाङ्ले १ गोल गर्नुभएको थियो ।
महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरुको व्यवस्थापन खेलकुद विज्ञ नविन चित्रकारले गर्नुभएको छ ।
प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् । यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिकाले भाग लिएका छन् ।
प्रतियोगिताको बिजेता टिमलाई नगद ५ लाख रुपैयाँसहित ट्रफी, उपविजेता टिमलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App