वि.सं.: २०८३, जेठ १ शुक्रबार
इ.स.: 2026 May 15, FRIDAY
वि.सं.: २०८३, जेठ १ शुक्रबार
जन्म मृत्यु पर्यन्तका सेवा दिने सेवा केन्द्रलाई सशक्त बनाउँदै लगेका छौँ – प्रवक्ता, मानन्धर
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ को नवनिर्मित भवन वडाबासीलाई समर्पण गरिएको छ । नयाँ वर्षको अवसरमा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, वडाध्यक्ष विमलकुमार होडा र वडा सदस्यहरुले संयुक्त रुपमा समर्पण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रवक्ता मानन्धरले, नागरिकको जन्मदेखि मृत्यु पर्यन्तसम्मका घटना, जीवन निर्वाहका क्रममा आवश्यक पर्ने सेवा तथा सुविधा वितरण गर्नुपर्ने वडा कार्यालयहरुलाई सुविधा सम्पन्न र नागरिकमैत्री बनाउँदै लगिएको बताउनुभयो । पशुपति क्षेत्र र बौद्ध स्तुपको बिच भागमा पर्ने वडा नंं ७ सुवर्णपुरको प्राचीन महत्व भएको धारणा राख्दै उहाँले, वडा क्षेत्रको विकास आवश्यकता पूरा गर्न माग भएका योजनालाई बजेट विनियोजन गरिने बताउनुभयो ।
वडा भवन वडाबासीको हो । विभिन्न घटना क्रम हेर्दा वडाबासीले अपनत्व लिन सके मात्र वडाको भौतिक संरचनाको सुरक्षा हुन सक्छ । यसकारण वडा भवन निर्माण सकिएपछि हामीले वडावासीलाई समर्पण गरेका हौँ । यसको उद्घाटन गरेनौँ । वडाध्यक्ष होडाले भन्नुभयो, वडाको भौतिक, सांस्कृतिक, सामाजिक र आर्थिक विकासका कार्यक्रमलाई समान महत्व दिएर कार्यान्वयन गरेका छौँ ।
वडा सदस्य उज्वल अर्यालले, २०५४ सालको स्थानीय निर्वाचनपछि प्रारम्भ भएको वडा कार्यालय निर्माण कार्य अहिले पूरा भएको बताउनुभयो । यसअघि एक तलाको वडामा तला थपेर ३ तलाको बनाइएको छ ।
वडाको पहिलो तलामा वडाध्यक्षको कार्यकक्ष, वडा सचिव, सहायक सचिव, एकल सेवा केन्द्र, सेवाग्राहीका लागि बस्ने कक्ष, स्तनपान कक्ष छ । यस्तै वैङ्क काउन्टर, सामाजिक सुरक्षा कार्यक्रम, राजस्व संकलन कक्ष पनि यही तलामा छ ।
पहिलो तलामा मेलमिलाप कक्ष, वडा सदस्यहरुको वैठक कक्ष, वडाध्यक्ष र सचिवको बैठक कक्ष, सुवर्णपुर सम्पदा संरक्षण समितिका सदस्य सचिवको कार्यकक्ष छ । दोस्रो तलामा सभा कक्ष, भण्डार, जिन्सी, लेखा र प्राविधिक कक्ष छ ।
वडाले नयाँ वर्षकै अवसरमा नागरिक सुनुवाई कार्यक्रम पनि आयोजना गरेको थियो । त्यस क्रममा स्थानीयसँँगै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सिर्जना रुपाखेती, नेपाली कांग्रेसका प्रतिनिधि विश्व दंगाल, नेकपा एमालेका प्रतिनिधि रामकृष्ण पौडेल, पूर्व वडाध्यक्ष शुद्धकुमार डंगोल, मातापिता सेवा सदनका प्रतिनिधि नर्मदा पोखरेल, स्थानीय वुद्धिजीवि मुकुन्द ढुङ्गानासहित स्थानीयहरुले वडाको विकास र समृद्धिका विषयमा धारणा राख्दै खुट्टा तानेर होइन । हात समातेर अगाडि बढ्ने संस्कार विकास गर्नु पर्नेमा जोड दिनुभयो ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App