वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
स्थानीयबासीको अपनत्व, समूहगत कार्य र साझेदारिताबाट भवन निर्माण सम्भव भएको हो - प्रवक्ता, मानन्धर
                        काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १७ को स्वास्थ्य प्रवर्धन केन्द्रका लागि निर्माण गरिएको भवनको आज उद्घाटन गरिएको छ । महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १७ का अध्यक्ष नविन मानन्धरले आज एक कार्यक्रमबिच शिलापत्र अनावरण गरेर भवन उद्घाटन गर्नुभएको हो । भवन ‘स्वास्थ्य प्रवर्धन केन्द्र तथा भवन निर्माण तथा सामुदायिक पुस्तकालय उपभोक्ता समिति’ले निर्माण गरेको हो । त्यस अवसरमा प्रवक्ताको रोहवरमा समितिका अध्यक्ष उर्मिला कनौजिया (मगिया) ले भवनको साँचो वडा सदस्य जितेन्द्र खड्गीलाई हस्तान्तरण गर्नुभएको थियो । यस्तै खड्गीले प्रवर्धन केन्द्रका इञ्जार्ज सरस्वती पनेरुलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रवक्ता मानन्धरले, जनप्रतिनिधिको सेवाप्रति समान दृष्टि रहेको, यस दृष्टिलाई स्थानीयबासीले अपनत्व ग्रहण गरेको र साझेदारबिच नजिक समन्वय भएकोले भवन निर्माण सम्भव भएको उल्लेख गर्दै विकासमा स्थानीयबासीको सहभागिता अपरिहार्य हुने धारणा राख्नुभयो । पछिल्लो समय मानव स्वास्थ्यमा देखिएका रोगहरुको उपचार पद्धतिको जटिलतामा कुरा गर्दै मानन्धरले भन्नुभयो, ‘जीवनभर कमाएको पैसाले उपचार गर्दा पनि निको बनाउन नसकिने अवस्था आउन दिनु हुँदैन । यसका लागि आज स्वास्थ्यप्रति सचेत भएर निदानात्मक उपाय अबलम्बन गर्नु पर्छ । यो स्वास्थ्य शिक्षा क्षेत्रको कार्यक्रम हो । सावधानी अपनाउँदा अपनाउँदै उपचारमा जानु पर्ने अवस्थामा सहज, सरल र सुपथ सेवा प्राप्त गर्नुपर्छ । यी दुवै लक्ष्य प्राप्त गर्ने क्रियाकलाप केन्द्रबाट सञ्चालन हुनेछन् ।’
‘नागरिकले तिरेको राजस्वको उपयोग भएको छ ।’ कार्यक्रममा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले भन्नुभयो, ‘भाडाका भवनबाट सेवा सञ्चालन गर्नुपर्दा करदाताको पैसा वहालमा खर्च भएको थियो । अब आफ्नै भवन भयो । यसपछि वहाल तिर्ने रकम गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य सेवा वितरणमा खर्च हुनेछ ।’
कार्यक्रममा बोल्दै छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले, अल्ट्रासाउण्ड र एक्स रे सेवा थप गर्न सके विशेषज्ञ स्वास्थ्य सेवाका लागि अन्यत्र जानु नपर्ने धारणा राख्नुभयो ।
उपभोक्ता समितिका अध्यक्ष उर्मिला कनौजियाले, वडाले योजना कार्यान्वयनमा स्थानीय सहभागितालाई प्राथमिकता दिएपछि स्थानीयबासीहरुमा उत्साह भएको उल्लेख गर्नुभयो । सेवा प्रवाहमा स्थानीयबासीको पहुँच बढाउन उपभोक्ता समितिले योगदान गर्ने उहाँको भनाइ थियो ।
प्रवर्धन केन्द्रका इञ्चार्ज सरस्वती पनेरुका अनुसार भवनको भुइँ तलामा ओपीडी, फिजियोथेरापी, डट्स र खोप कार्यक्रम सञ्चालन हुनेछ । भवनको पहिलो तलामा प्रयोगशाला, औषधी वितरण कक्ष र कर्मचारी कक्ष हुनेछ । दोस्रो तलामा २ सय जना व्यक्ति अट्ने सभा कक्ष छ । यसलाई वहुउद्देश्यीय कक्षका रुपमा प्रयोगमा ल्याइनेछ । 
महानगरपालिकाको गौरव योजना ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ कार्यक्रमबाट भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि २०८१ माघ १० गते स्वास्थ्य विभाग र उपभोक्ता समितिबिच सम्झौता भएको थियो । २०८२ वैशाख मसान्तमा निर्माण सम्पन्न भएको भवनको लागत करिब ८० लाख रुपैयाँ हो ।
महानगरपालिकाले हरेक वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरेको छ । यी केन्द्रबाट उपचारात्मक, प्रवर्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनस्र्थापनात्मक सेवा प्रवाह हुने गरेका छन् ।
उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन सेवा सञ्चालित छन् । यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रणका कार्यक्रम सञ्चालित छन् ।   
प्रवर्धनात्मक सेवामा राष्ट्रिय खोप सेवा, परिवार नियोजन, पोषण, स्वास्थ्य शिक्षा जनचेतना अभिवृद्धि, नसर्ने रोग नियन्त्रण सचेतना महाअभियान, सरुवा रोग नियन्त्रण सेवा, स्वास्थ्य प्रवर्धन सेवा, बैकल्पिक चिकित्सा सेवा छन् । यस्तै विद्यालय स्वास्थ्य शिक्षा, नसर्ने रोगको परीक्षण (स्क्रिनिङ्) कार्यक्रम, महामारी रोग नियन्त्रण तथा निवारण, सुरक्षित मातृत्व, योग अभ्यास तथा व्यवहार परिवर्तन अभ्यास, तथ्याङ्क संकलन, प्रशोधन र प्रतिवेदन निर्माण, अनुसन्धान, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन कार्यक्रम सञ्चालनमा छन् ।
निदानात्मक सेवामा प्रयोगशाला सेवा, रेडियोलोजी र र्यापिड डाइग्नोस्टिक टेस्ट कार्यक्रम छन् ।





                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App