वि.सं.: २०८२, कात्तिक १० सोमबार
इ.स.: 2025 October 27,MONDAY
वि.सं.: २०८२, कात्तिक १० सोमबार
आजबाट सुरु भएको खेल असार ८ गते समापन हुने
काठमाडौँ । आजदेखि काठमाडौँ जिल्लाव्यापी वृहत खेलकुद कार्यक्रम सुरु भएको छ । लैनचौर ग्राउण्डमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दीप प्रज्वलन गरेर तथा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ओलम्पियन सन्ध्या शाक्यलाई ओलम्पिक टर्च प्रदान गरेर प्रतियोगिता शुभारम्भ गर्नुभएको हो । महानगरपालिकाको वडा नम्बर २६ ले आयोजना गरेको प्रतियोगितामा महानगरपालिकाका वडाहरुसँगै जिल्लाका करिब १ हजार खेलाडीले विभिन्न ५ वटा विधामा प्रतिस्पर्धा गर्दैछन् ।
महानगरपालिकाका वडा नम्बर ३० र १४ का बिच भएको उद्घाटन खेलमा मन्त्री पौडेल र उपप्रमुख डंगोलले रेफ्रीलाई फुटबल प्रदान गर्नुभएको थियो । शुभारम्भ अवसरमा खेलाडीहरुको मार्चपास, स्थानीय सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिएको थियो ।
त्यस क्रममा बोल्दै मन्त्री पौडेलले खुशी रहन स्वस्थ्य रहनु पर्ने बताउनुभयो । खेल र स्वास्थ्यको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो, ‘खेलले स्वस्थ्य जीवन प्रदान गर्छ । स्वस्थ्य जीवनमा मात्र खुशी प्राप्त हुन्छ ।’ उहाँले भन्नुभयो, ‘मन र सरीरलाई कसरी स्वस्थ्य राख्ने औपचारिक शिक्षामा समावेश हुन सकेको छैन । यसबेला महानगरपालिकाको वडा नम्बर २६ ले जिल्ला स्तरीय खेल आयोजना गर्नु सशक्त सन्देश हो । खेलबाट स्वस्थ्य जीवन र स्वच्छ समाजको प्रवर्धन, टोलबासी, वडाबासी र अन्तरपालिका सद्भाव बढाउँछ ।’
‘विकेन्द्रीकृत कार्यक्रमबाट वडालाई शसक्त बनाउने र नागरिकका ढोकामै कार्यक्रम पुर्याउने महानगरपालिकाको नीति हो ।’ कार्यक्रममा महानगरपालिकाका उपप्रमुख डंगोलले भन्नुभयो, ‘वडाबाट जिल्ला स्तरीय प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्नु यसको उदाहरण हो । वडासँगै केन्द्रबाट पनि खेलकुदका कार्यक्रम सञ्चालन भइरहेका छन् ।’ उहाँले खेलकुदमा सबैलाई अवसर प्रदान गर्ने कार्यक्रम उल्लेख गर्दै भन्नुभयो, ‘दृष्टिविहीनहरुका लागि फुटसल, व्हीलचेयर प्रयोगकर्ताहरुका बिचमा बास्केटबल प्रतियोगिता, पूर्ण अशक्त र अति अशक्तहरुका लागि बोसिया खेल सम्पन्न गरेका छौँ । हामी चाहन्छौँ, अवसर पाइन भनेर कसैले गुनासो गर्नु नपरोस् । यसका लागि हामी काम गरिरहेका छौँ ।’
‘यो शुरुवात् हो । यसलाई थप वृहत र परिष्कृत गर्दै लैजानेछौँ ।’ कार्यक्रममा वडाध्यक्ष ख्यामराज तिवारीले भन्नुभयो, ‘हरेक वर्ष यसप्रकारको प्रतियोगिता सञ्चालन गर्ने योजना छ । प्रतियोगिताबाट खेलाडी उत्पादन गर्ने, सहरी स्वास्थ्य र सामाजिकीकरण योगदान हुने हाम्रो अपेक्षा हो ।’ तिवारीको भनाइ थियो ।
‘प्रतियोगितामा फुटसल, टेवुलटेनिस, तेक्वान्दो र कराँतेका २ विधा गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ ।’ खेल संयोजक प्रवेश श्रेष्ठ भन्नुहुन्छ, ‘प्रतियोगिताका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, ‘वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल लगायत खेलका लागि पूर्वाधार उपलब्ध भएकाले प्रतिस्पर्धा गराउन सजिलो भएको हो । सबै विधामा गरेर करिब १ हजार खेलाडीहरु प्रतिस्पर्धामा हुनुहुन्छ ।’
वडाले चालु आर्थिक वर्षमा खेलकुदाका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रतियोगिताअन्तर्गत फुटसल विधामा पुरुषहरुका बिच प्रतिस्पर्धा हुनेछ । नकआउटका आधारमा खेलाइने खेलमा प्रथम हुने टोलीलाई १ लाख ५० हजार रुपैयाँ, उपविजेता टीमलाई ७५ हजार रुपैयाँ नगदसहित पुरस्कार, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक १० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।
तेक्वान्दो प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो टीमलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ । उत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिनेछ । महिला तथा पुरुष टेबुल टेनिसतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ ।
यस्तै, फुल कन्ट्याक्ट क्योकुसिन कराँते (आइ. के. यु) तौल समूहमा खेलाइनेछ । यो पुरुषहरुका बिच प्रतिस्पर्धा हुनेछ । यसमा पहिलो, दोस्रो र तेस्रो हुने टीमलाई क्रमशः १० हजार, ८ हजार, ६ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ । सान्त्वाना पुरस्कारमा ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ ।
डब्लु. के. एफ. कराँते प्रतियोगिता महिला खेलाडीहरुका बिचमा हुनेछ । यसमा एकल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ । यस्तै टीम विजेता पहिलो दोस्रो र तेस्रोलाई क्रमशः ५० हजार, २५ हजार र २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ । खेलका संयोजक सन्तोष श्रेष्ठका अनुसार सामान्यतयाः कराँते एकल खेलाडीहरुका बिचमा हुने प्रतिस्पर्धा हो । यस पटक महिलाहरुका बिचमा सामुहिक प्रतिस्पर्धा गराइनेछ ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App