वि.सं.: २०८२, मंसिर २९ सोमबार
इ.स.: 2025 December 15,MONDAY
वि.सं.: २०८२, मंसिर २९ सोमबार
खेलकुद, साहित्य, सिर्जना, शिक्षा, कला, आमसञ्चारसहित क्षेत्रबाट योगदान गर्ने १५ जना स्रष्टा सम्मान
काठमाडौँ । नागरिकका अपेक्षा अनुसार विकासका लागि महानगरपालिकाले अग्रणी काम गरिरहेकोमा आफूले विश्वाश गरेको बताउँदै राष्ट्रपति रामचन्द्र पौडेलले, सरकारले जनअपेक्षा पूरा गर्न सके वर्तमान समस्याको निकास आउने धारणा राख्नुभएको छ । काठमाडौँ महानगरपालिकाको ३१ औँ महानगर दिवसका अवसरमा टुँडिखेलमा आयोजना गरिएको मूल समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘प्राकृतिक तथा मानव सिर्जित सम्पदाको संरक्षण, हरियाली प्रवर्धन, एकीकृत सहरी विकास, सुविधा वितरण र सेवा प्रवाहमा विद्युतीय प्रणालीको प्रयोग काठमाडौँ महानगरपालिकाले गरेका उदाहरणीय काम हुन् ।’
‘एकल सेवा केन्द्र सञ्चालन गर्नु, विद्युतीय शासनलाई संस्थागत गर्दै जानु, गुनासो सुनुवाईको प्रणालीलाई प्राथमिकता दिनुले आँगनको सरकार स्थानीय सरकार सवल रुपमा स्थापित भएको सन्देश हो ।’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘नागरिकसँग प्रत्यक्ष जोडिएका अधिकार वडा तहमा पुगेको सन्देशलाई महानगरपालिकाले प्रवाहीकरण गरेको छ । महानगरपालिकाको सेवा नागरिकमैत्री, सेवाग्राहीमैत्री, उत्तरदायी तथा पारदर्शितामा आधारित छन् भन्ने सन्देश स्थानीय शासनको बलियो खम्बा हो ।’
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ्, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित उच्च पदस्थ पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।
समारोहमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, महानगरबासीले आफू महानगरपालिकामा बसोबास गर्न पाएकोमा गौरव महसुस गर्ने गरी दत्तचित्तले नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमा गरिएको बताउँदै अहिलेसम्म प्राप्त उपलब्धिहरु अङ्कमा प्रस्तुत गर्नुभएको थियो । ‘२०८ रोपनी सार्वजनिक जग्गा सार्वजनिक काममा फिर्ता गरिएको, १ हजार ८५९ रोपनी जग्गा फिर्ता गराउने योजना रहेको, धुलोरहित सडकअन्तर्गत ५५ किलोमिटर सडक कालोपत्र तथा स्तरोन्नति गरिएको, ६२ वटा चोकमा हाइमास्ट बत्ती जडान गरिएको, सार्वजनिक खरिद प्रक्रियाबाट करिब १ अरब २८ करोड रुपियाँ बचत गरेको, सामुदायिक शिक्षाको सुधार, जोखिमपूर्ण श्रममा रहेका र यौन हिंसामा परेका बालबालिकाको उद्धार, अस्थायी संरक्षण र पारिवारिक पुनर्मिलन गराएको, विद्युतीय कार्यालय सञ्चालन प्रणालीलगायत सुधारका कामलाई प्रतिनिधि उपलब्धि हुन् ।’ उहाँले महानगरपालिकाको वैभव जोगाउन अहिलेसम्म योगदान गर्ने पूर्व जनप्रतिनिधि, राष्ट्रसेवक तथा विकास साझेदारप्रति आभार प्रकट गर्दै भन्नुभयो, ‘काठमाडौँको पहिचानलाई अक्षुण्ण राख्दै स्थानीय सरकारका दायित्वलाई उत्तरदायी, मितव्ययी, पारदर्शी भएर पूरा गरिरहेका छौँ ।’
कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले, स्थानीय सुशासन र स्वशासनको अभ्यास प्रारम्भ भएका विशेष दिनमध्ये काठमाडौँलाई महानगरपालिका घोषणा गरिएको दिनलाई नागरिकका आँगनमा वृहत दृष्टिसहितको स्थानीय सरकार स्थापना भएको दिनका रुपमा स्मरण गर्न चाहेको बताउनुभयो । ‘अहिलेसम्म गरिएका असल अभ्यासहरुलाई संस्थागत विकास गरेर नागरिकका अपेक्षा पूरा गराउन प्रतिवद्ध छौँ ।’ उहाँले भन्नुभयो, ‘आफ्ना दायित्वप्रतिको दृढताले समृद्धि प्रदान गर्दछ । यसकारण सहकार्य र समन्वयप्रति साझेदारबाट दृढता प्राप्त भए पहिचानयुक्त, समतामूलक, समावेशी सहर निर्माणको लक्ष्य छिट्टै प्राप्त हुनेछ ।’
समारोहमा देशको गरिमा बढाउन विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने १५ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो । राष्ट्रपति पौडेल, प्रमुख शाह र उपप्रमुख डंगोलले उहाँहरुलाई सम्मानित गर्नुभएको हो ।
यसरी सम्मानित हुनु हुनेमा सांस्कृतिक अध्येता तथा नेवाः मानवअधिकारकर्मी प्रा. डा. चुन्दा बज्राचार्य, वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौत्तम, वरिष्ठ पत्रकार विजयकुमार पाण्डे, शिक्षाविद प्रा. डा. केदारभक्त माथेमा, वरिष्ठ कलाकार बसुन्धरा भुषाल, नेपाली क्रिकेटर सोमपाल कामी, महिला भलिवल क्याप्टेन जेनिशा विश्वकर्मा, युरोलोजिष्ट डा. सञ्जय खड्गी, साहित्यकार प्रकाश सायमी, पौडी खेलाडी नयना शाक्य, फिफाका पूर्व रेफ्री ज्ञानुराजा श्रेष्ठ, ललितकलाकर्मी गोविन्दलाल डंगोल, पावर लिफ्टिङ् खेलाडी रुवी श्रेष्ठ, महिला क्रिकेटर इन्दु बर्मा र समाजसेवी रञ्जनलाल श्रेष्ठ हुनुहुन्छ ।
उहाँहरुलाई जनही १ लाख रुपियाँ नगदसहित सम्मान प्रदान गरिएको हो ।
समारोहमा महानगरपालिकाको गरिमा अभिवृद्धिमा योगदान पु¥याए वापत ७ जना जनप्रतिनिधिलाई जनही १ लाख रुपियाँसहित स्थानीय सेवा गौरव पुरस्कार २०८२ बाट सम्मानित गरियो । यसरी सम्मान प्राप्त गर्ने जनप्रतिनिधिमा वडा नम्बर ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नम्बर १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा न्मबरस १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नम्बर २५ का अध्यक्ष राजेश डंगोल, वडा नम्बर ३ का सदस्य केशवप्रसाद श्रेष्ठ, वडा नम्बर १८ का सदस्य हेमज्योती शाक्य र वडा नम्बर ३२ का सदस्य हरिबहादुर बस्नेत हुनुहुन्छ ।
समारोहमा ४ जना जनप्रतिनिधिलाई जनही १ लाख रुपियाँ नगदसहित सम्मानित गरियो । यसरी सम्मानित हुनुहुनेमा वडा नम्बर ४ का सदस्य सरु अधिकारी, वडा नम्बर २० का सदस्य शोभा मानन्धर, वडा नम्बर २६ का सदस्य शान्ता महर्जन र वडा नम्बर २९ का सदस्य संगीता पुजारी हुनुहुन्छ ।
त्यस अवसरमा वडा नम्बर १० का सदस्य सतिश तण्डुकार र वडा नम्बर २१ का सदस्य रीना नेपालीलाई प्रथम जननिर्वाचित नगर प्रमुख जनकमान श्रेष्ठ स्वशासन पुरस्कारबाट सम्मानित गरियो । यो पुरस्कारको राशी जनही १ लाख रुपियाँ रहेको छ ।
समारोहमा सहरी विकास निर्माण, विकास व्यवस्थापन, विपद व्यवस्थापन, सरसफाइ र स्वच्छता लगायत काममा प्रयोग हुने सवारी साधन तथा उपकरणको प्रदर्शन गरिएको थियो । नगर प्रहरीको कवाजमा सम्पदा, आगलागी नियन्त्रण व्यवस्थापन, जलजन्य विपदमा खोज तथा उद्धारमा प्रयोग गरिने साधन तथा उपकरणको प्रदर्शनी गरिएको थियो ।
समारोहमा सबै वडाले आफू अन्तर्गत भएका परम्परागत बादन, झाँकी तथा नृत्यसहितको प्रदर्शन गरेका थिए ।
दिवसका अवसरमा हिजो परम्परागत बाजा गुरु सम्मान, प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल र रैथाने खाद्य स्वच्छता मेला आयोजना भएका थिए ।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App